काठमाडौँ — ल्हारक्याल लामासम्बन्धी विभिन्न पुराना विवादहरू पुनः सार्वजनिक चर्चामा आएका छन्। उनीमाथि दोहोरो नागरिकता लिएको, भारतीय रासनकार्ड तथा राहदानी प्रयोग गरेको, तिब्बती शरणार्थी परिचयपत्र राखेको लगायतका आरोपहरू विगतदेखि नै लाग्दै आएका छन्।
यस्तै, वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोप पनि उनीसँग जोडिँदै आएको छ। स्रोतका अनुसार उनको नाम अकुत सम्पत्ति आर्जनसँग पनि जोडिएको छ, जसमा कुल सम्पत्ति ५० अर्ब रुपैयाँभन्दा माथि पुगेको दाबी गरिएको छ।
यसअघि बैंकको लकरमा बन्दुकका गोली राखेको आरोपमा समेत उनी पक्राउ परेका थिए। यस्ता विवादहरूबीच पनि तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले उनलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी हुँदै आएको छ।
हाल यी विषयहरू पुनः चर्चामा आएपछि उनको नियुक्ति र विगतका गतिविधिबारे पारदर्शी छानबिनको माग उठ्न थालेको छ।
#LharkyalLama
#NepalPolitics
#CorruptionIssues
#LumbiniDevelopment
#onlinepatinews