NEPSE
बुधबार, १३ जेठ २०८३ | | Wednesday, May 27, 2026
समाचार

सरकारद्वारा खर्च कटौती कडाइ, अत्यावश्यक बाहेक नयाँ सामान खरिद नगर्न निर्देशन

समाचार पढिँदैछ...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारी खर्च नियन्त्रण गर्न नयाँ सामग्री खरिदमा कडाइ गरेको छ। अब अत्यावश्यक अवस्था बाहेक नयाँ सामान खरिद नगर्न सबै मन्त्रालय, आयोग, सचिवालय, प्रदेश सरकार तथा सरकारी निकायलाई निर्देशन दिइएको छ।

सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने उद्देश्यसहित जारी गरिएको परिपत्रमा कार्यालयमा रहेका कुर्सी, दराज, सोफा, कार्पेट, कम्प्युटर, मोबाइल, ल्यापटप तथा सवारीसाधनलगायत सामग्री सकेसम्म मर्मत गरेर प्रयोग गर्न भनिएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार प्रयोगयोग्य सामग्री हुँदाहुँदै नयाँ खरिद गर्ने तथा मर्मतमा अस्वाभाविक खर्च गर्ने प्रवृत्तिका कारण राज्यकोषमा अनावश्यक भार परेको गुनासो बढेपछि यस्तो निर्णय गरिएको हो।

परिपत्रमा अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगरी पुरानै सामग्रीलाई सञ्चालनयोग्य अवस्थामा राखेर प्रयोग गर्न स्पष्ट निर्देशन दिइएको छ।

सरकारको यो निर्णयलाई सार्वजनिक खर्च कटौती र मितव्ययिता अभियानको सुरुवातका रूपमा हेरिएको छ।

#NepalNews #Government #CostCutting #PublicExpenditure #PMOffice #NepalPolitics #AusterityMeasures #BreakingNews #onlinepatinews