NEPSE
आइतबार, २१ असार २०८३ | | Sunday, July 5, 2026
समाचार

उद्योगमन्त्री गौरिकुमारी यादवको निर्देशनपछि इन्धनको मूल्य घट्यो, पेट्रोलमा २० र डिजेलमा ३० रुपैयाँ कटौती

समाचार पढिँदैछ...

उद्योगमन्त्री गौरिकुमारी यादवको निर्देशनपछि इन्धनको मूल्य घट्यो, पेट्रोलमा २० र डिजेलमा ३० रुपैयाँ कटौती

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

मन्त्रालय र नेपाल आयल निगमका अधिकारीहरूबीच भएको छलफलपछि निगमले मङ्गलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा ३० रुपैयाँ र आन्तरिक हवाई इन्धनमा ४० रुपैयाँ मूल्य घटाएको हो।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ, डिजेल तथा मट्टितेल १९५ रुपैयाँ र आन्तरिक हवाई इन्धन २२९ रुपैयाँ कायम भएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर २,०६० रुपैयाँ यथावत् राखिएको निगमले जनाएको छ।

#OnlinePatiNews #FuelPrice #NepalOilCorporation #Petrol #Diesel #LPG #GauriKumariYadav #NepalNews