काठमाडौं । राजनीतिक विश्लेषक मुमाराम खनाल ले विश्वराज पोखरेल लाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आरजु राणा देउवा माथि लगाइएका आरोपहरू झुठ्ठा र मिथ्या भएको दाबी गरेका छन्। खनालले पूर्व एआईजीपी पोखरेलको अभिव्यक्तिलाई गैरजिम्मेवार भन्दै तत्काल कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
खनालले “पुलिस अफिसरको कुण्ठा राजनीतिज्ञको भन्दा बढी खतरनाक हुन्छ” भन्दै यस्तो अभिव्यक्तिले संस्थागत विश्वसनीयतामा असर पर्ने बताएका छन्। साथै, घुससम्बन्धी आरोप गम्भीर विषय भएकाले निष्पक्ष छानबिनमार्फत सत्यतथ्य सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।
यसअघि एक डिजिटल कार्यक्रममा बोल्दै सांसद समेत रहेका पोखरेलले आफूलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन अनौपचारिक रूपमा ७ करोड रुपैयाँ माग गरिएको दाबी गरेका थिए। उनले उक्त विषय आरजु राणा देउवा र उनीसँग जोडिएका व्यक्तिहरूसँग सम्बन्धित रहेको उल्लेख गरेका थिए।
उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्तमा विवाद चर्किएको छ।