NEPSE
बुधबार, १३ जेठ २०८३ | | Wednesday, May 27, 2026
अर्थतन्त्र

दक्षिण एसियामा इन्धन मूल्य तुलना : नेपाल महँगो सूचिमा अगाडि

समाचार पढिँदैछ...

काठमाडौं । दक्षिण एसियाली मुलुकहरूबीच इन्धन मूल्य तुलना गर्दा नेपालमा पेट्रोल र डिजेलको मूल्य उच्च देखिएको छ।

तथ्यांकअनुसार नेपाल मा पेट्रोल प्रतिलिटर २१९ रुपैयाँ र डिजेल २३७ रुपैयाँ रहेको छ, जुन क्षेत्रीय रूपमा उच्च दरमध्येमा पर्छ।

अन्य देशहरूमा भने मूल्य तुलनात्मक रूपमा कम देखिन्छ। भारत मा पेट्रोल १६८ र डिजेल १४८ रुपैयाँ, पाकिस्तान मा पेट्रोल १९६ र डिजेल २०६ रुपैयाँ रहेको छ।

यसैगरी बाङ्लादेश मा पेट्रोल १४५ र डिजेल १२८ रुपैयाँ, श्रीलंका मा पेट्रोल २१३ र डिजेल २०७ रुपैयाँ रहेको छ।

भुटान मा पेट्रोल १६९ र डिजेल १४८ रुपैयाँ, माल्दिभ्स मा पेट्रोल १५३ र डिजेल १६८ रुपैयाँ तथा अफगानिस्तान मा पेट्रोल १४० र डिजेल १४२ रुपैयाँ रहेको उल्लेख गरिएको छ।

विश्लेषकहरूका अनुसार कर संरचना, ढुवानी लागत, अन्तर्राष्ट्रिय बजार मूल्य र विनिमय दरजस्ता कारणले देशअनुसार इन्धन मूल्यमा फरक पर्ने गर्दछ।