NEPSE
आइतबार, २१ असार २०८३ | | Sunday, July 5, 2026
समाचार

बीवाईडी गाडी प्रकरणमा अर्थमन्त्रीमाथि राजद्रोह मुद्दा चलाउनुपर्ने ज्ञानेन्द्र शाहीको माग…

समाचार पढिँदैछ...

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता Gyanendra Shahi ले बीवाईडी गाडी आयात प्रकरणमा अर्थमन्त्री Dr. Swarnim Wagle माथि निष्पक्ष छानबिन गरी राजद्रोहको मुद्दा दर्ता गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै शाहीले करका दर हेरफेर हुने संवेदनशील जानकारी अर्थमन्त्रीबाहेक अन्य कसैलाई थाहा नहुने दाबी गरे। उनले बजेट सार्वजनिक हुनुअघि नै कर तिरेर बजेटपछि गाडी भित्रिएको घटनाले करसम्बन्धी गोप्य सूचना चुहिएको आशंका बलियो बनाएको बताए।

शाहीले कोरला र रसुवागढी नाकाबाट बजेटअघि नै कर प्रक्रिया पूरा गरी बजेटपछि गाडी नेपाल भित्रिएको विषयलाई गम्भीर रूपमा लिनुपर्ने उल्लेख गर्दै यसमा संसदीय छानबिन समिति गठन गर्न माग गरे।

उनका अनुसार कर्मचारीलाई मात्र कारबाही गरेर अर्थमन्त्रीलाई जिम्मेवारीबाट मुक्त गर्न खोज्नु स्वीकार्य हुँदैन। राज्यको राजस्वसँग जोडिएको यो विषय सामान्य प्रशासनिक कमजोरी नभई गम्भीर आर्थिक अपराध हुन सक्ने उनको तर्क छ।

कर छली भएको आशंकामा कोरला र रसुवागढी नाकाबाट भित्रिएका करिब १५ सय बीवाईडी गाडीलाई अनुसन्धानका लागि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। यस घटनाले बजेटअघि करका दरसम्बन्धी सूचना चुहिएको थियो वा थिएन भन्ने प्रश्नलाई थप पेचिलो बनाएको छ।

#BYD #GyanendraShahi #SwarnimWagle #NepalPolitics #BudgetLeak #TaxEvasion #RPP #Parliament #NepalNews #OnlinePatiNews