काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र आफूविरुद्ध नियोजित रूपमा आक्रमण भइरहेको दाबी गर्नुभएको छ।
बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बजेटसम्बन्धी छलफलका क्रममा बोल्दै उहाँले सरकार वित्तीय अपराधमा संलग्न समूहविरुद्ध छानबिनमा जुटेकाले त्यसबाट असन्तुष्ट पक्षहरूले प्रधानमन्त्री र आफूलाई निशाना बनाएको आशंका व्यक्त गर्नुभयो।
"प्रधानमन्त्रीज्यू र ममाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ," मन्त्री वाग्लेले भन्नुभयो, "नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले छानबिन गरिरहेको छ। केही दिनमै यो विषय अदालत पुग्दैछ। हामीसँग रुष्ट तिनै समूहबाट पालित–पोषित व्यक्तिहरूमार्फत प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको मलाई शंका लागेको छ।"
उहाँले सार्वभौम संसदका सदस्यहरूलाई पनि यस्ता समूहका प्रचार–प्रभावबाट प्रभावित नहुन आग्रह गर्नुभयो। संसदको गरिमा कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो।#SwarnimWagle #BudgetDiscussion #ParliamentNepal #FinancialCrime #NepalPolitics #EconomicCommittee #NepalGovernment #onlinepatinews