दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, सार्वजनिक जीवन नै त्यागिदिन्छु: अर्थमन्त्री डा. वाग्ले
काठमाडौँ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय गाडीको करको दर निर्धारणमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिनुभएको छ। बिहीबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उहाँले उक्त चुनौती दिनुभएको हो।
आफूविरुद्ध नियोजित रूपमा बदनाम गर्ने प्रयास भइरहेको भन्दै अर्थमन्त्री डा. वाग्लेले समिति बैठकमा भावुक मुद्रामा आफ्नो धारणा राख्नुभयो। नैतिकताको उच्च कडिमा उभिएर बनाएको छवि धमिल्याउन केही समूह सक्रिय रहेको उहाँको गुनासो थियो।
बैठकमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले भन्नुभयो:
"दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, अर्थमन्त्री र राजनीति मात्रै होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु। के यो नैतिकता अन्य कोही संसद् वा राजनीति गर्नेहरूमा छ?"
बजेट निर्माणको गोपनीयता र करका दर हेरफेरलाई लिएर उठेका प्रश्नहरूको खण्डन गर्दै उहाँले आफूले पूर्ण इमानदारिताका साथ काम गरेको दाबी समेत गर्नुभयो।
#onlinepatinews #SwarnimWagle #FinanceMinister #PublicAccountsCommittee #NepalNews #EVTax