NEPSE
बिहीबार, ११ भाद्र २०८३ | | Thursday, August 27, 2026
समाचार

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

समाचार पढिँदैछ...

दमौली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश विकास गर्ने उद्देश्यसहित सरकारले नयाँ बजेट ल्याएको बताएका छन्।

बिहीबार तनहुँमा जिल्ला समन्वय समितिको वार्षिक समीक्षा कार्यक्रम उद्घाटन गर्दै अर्थमन्त्री वाग्लेले राज्यको कमजोर आम्दानीका कारण ऋण लिएर दैनिक खर्च धान्नुपर्ने अवस्थाको अन्त्य गर्न करको दायरा फराकिलो बनाइएको बताए।

उनका अनुसार सरकारको नियमित तथा अत्यावश्यक दायित्व करिब १३ खर्ब ५० अर्ब रुपैयाँ रहे पनि सरकारको आम्दानी करिब १२ खर्ब ५० अर्ब रुपैयाँ मात्रै छ। यस्तो अवस्थामा ऋण लिएर ऋण तथा ब्याज तिर्नुपर्ने चक्र तोड्न आफ्नै आम्दानी बढाउनुपर्ने उनको भनाइ छ।

‘ऋण पनि लिन नहुने, कर पनि तिर्न नपर्ने तर विकास चाहिँ जसरी पनि गरिदिनुपर्छ भन्ने सोचबाट माथि उठ्नुपर्छ,’ वाग्लेले भने।

सरकारले करको दायरा विस्तार गर्दा सर्वसाधारणमाथि अन्तिम कर दायित्व नथोपर्ने विषयमा पनि उनले आश्वस्त पारे। २१ खर्ब २४ अर्ब रुपैयाँको बजेटमार्फत निजी क्षेत्रलाई उत्साहित बनाउँदै करिब ६६ खर्बको अर्थतन्त्रलाई चलायमान बनाउने सरकारको लक्ष्य रहेको उनले बताए।

वाग्लेले छिट्टै प्रवासी नेपालीलाई समेत नेपालमा लगानी गर्न सहज हुने वातावरण निर्माण गरिने जानकारी दिए।

#onlinepatinews #SwarnimWagle #NepalBudget #Economy #Nepal