सोमबार, २६ आश्विन २०८३ काठमाडौं 19:23:17
सत्य • तथ्य • विश्वसनीय
BREAKING
उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦ उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦
१ महिना अगाडि
Post Header Advertisement
अर्थतन्त्र

चन्द्र नहरलाई ऐतिहासिक सम्पदा र आधुनिक सिँचाइ प्रणालीका रूपमा विकास गरिने

समाचार सुन्नुहोस् (Listen to News)
चन्द्र नहरलाई ऐतिहासिक सम्पदा र आधुनिक सिँचाइ प्रणालीका रूपमा विकास गरिने
चन्द्र नहरलाई ऐतिहासिक सम्पदा र आधुनिक सिँचाइ प्रणालीका रूपमा विकास गरिने
चन्द्र नहरलाई ऐतिहासिक सम्पदा र आधुनिक सिँचाइ प्रणालीका रूपमा विकास गरिने
Post Content Top Advertisement

सप्तरी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई आधुनिक सिँचाइ प्रणालीसँगै नेपालको जलसिँचाइ इतिहासको महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण गर्नुपर्ने बताउनुभएको छ।

मधेस प्रदेशका ऊर्जा तथा सिँचाइ प्रणालीको निरीक्षणका क्रममा फत्तेपुर पुग्नुभएका मन्त्री श्रेष्ठले स्थानीय जनप्रतिनिधि, सिँचाइ उपभोक्ता र सरोकारवालासँग छलफल गर्दै चन्द्र नहरलाई कृषि उत्पादन, इतिहास र पर्यटनसँग जोडेर विकास गर्न सकिने बताउनुभयो।

Post Content Middle In-Article Ad

उहाँले नहरको सुरक्षा, नियमित मर्मतसम्भार र आवश्यक पुनरुद्धारका लागि स्थानीय तहसँग सहकार्य गरेर अघि बढ्न मन्त्रालय तयार रहेको बताउनुभयो। चन्द्र नहरको संरक्षण सरकारको मात्रै जिम्मेवारी नभई स्थानीय तह, उपभोक्ता र समुदायको पनि साझा दायित्व भएको उहाँको भनाइ थियो।

“सिँचाइ पूर्वाधारले खेतबारीमा पानी पुर्‍याउने काम मात्र गर्दैन, यसले कृषि उत्पादन, स्थानीय अर्थतन्त्र, रोजगारी र पर्यटनमा समेत योगदान पुर्‍याउन सक्छ,” मन्त्री श्रेष्ठले भन्नुभयो।

चन्द्र शमशेरको शासनकालमा निर्माण सुरु भएको चन्द्र नहरलाई नेपालको पहिलो आधुनिक राज्यनिर्मित सिँचाइ प्रणालीका रूपमा चिनिन्छ। त्रियुगा नदीबाट पानी ल्याएर सप्तरीका करिब १० हजार ५०० हेक्टर कृषि भूमिमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित निर्माण गरिएको यो नहर करिब एक शताब्दी पुरानो हो।

मन्त्री श्रेष्ठले यति पुरानो संरचनाले अहिले पनि किसानका खेतमा पानी पुर्‍याइरहनु महत्वपूर्ण उपलब्धि भएको बताउँदै यसको ऐतिहासिक र प्राविधिक महत्व नयाँ पुस्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयो।

चन्द्र नहरलाई अन्तर्राष्ट्रिय सिँचाइ तथा जलनिकास आयोग (ICID) को World Heritage Irrigation Structures सूचीमा समावेश गर्न सिफारिस गर्ने विषयमा पनि मन्त्रालयले काम अघि बढाइरहेको उहाँले जानकारी दिनुभयो।

चन्द्र नहरको जीर्ण संरचना सुधार गर्न जापान सरकारको अनुदान सहयोगमा पूर्वी तराई क्षेत्र सिँचाइ प्रणाली जीर्णोद्धार आयोजना सञ्चालन गरिएको थियो। करिब २.२५६ अर्ब जापानी येन अनुदानमा सम्पन्न आयोजनाअन्तर्गत नहर प्रणालीका ३२ वटा संरचना मर्मत तथा पुनर्निर्माण गरिएको छ।

आयोजनाबाट आठ नहर अन्डरपास, नौ क्रस–ड्रेनेज संरचना र १५ वटा नहर पार गर्ने पुल निर्माण तथा सुधार गरिएको हो। जीर्ण संरचनाका कारण पानीको प्रवाह घट्नु, चुहावट बढ्नु र संरचना भत्किने जोखिम बढेपछि ती संरचनाको जीर्णोद्धार गरिएको थियो।

जीर्णोद्धारपछि वास्तविक सिँचित क्षेत्र करिब ५ हजार ५०० हेक्टरबाट बढाएर १० हजार ५०० हेक्टर पुर्‍याउने लक्ष्य राखिएको छ। त्यस्तै, वर्षे धानको उत्पादकत्व ३.६५ टन प्रतिहेक्टरबाट ४.३८ टन प्रतिहेक्टर पुर्‍याउने लक्ष्य पनि राखिएको थियो।

चन्द्र नहर सप्तरीको कृषि उत्पादन र खाद्य सुरक्षाका लागि महत्वपूर्ण सिँचाइ प्रणाली हो। त्रियुगा नदीमा आधारित यो प्रणालीको दिगोपना हजारौँ किसानको उत्पादनसँग प्रत्यक्ष जोडिएको छ।

मन्त्री श्रेष्ठले नहरको मूल संरचनादेखि शाखा–प्रशाखासम्म नियमित मर्मतसम्भार आवश्यक रहेको बताउँदै उपभोक्ता संस्था र स्थानीय तहलाई संरक्षणमा सक्रिय हुन आग्रह गर्नुभयो।

सरकार, स्थानीय तह र उपभोक्ताबीच सहकार्य गरेर चन्द्र नहरलाई थप प्रभावकारी आधुनिक सिँचाइ प्रणालीका रूपमा विकास गर्नुका साथै यसको ऐतिहासिक पहिचान जोगाउन सकिने मन्त्रालयले जनाएको छ। नहर क्षेत्रलाई कृषि, इतिहास र पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने सम्भावनासमेत रहेको मन्त्रालयको भनाइ छ।

Post Content Bottom Advertisement
यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह पछिल्लो समाचार वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाउने तयारी, मौसमी महसुल लागू गरिने
Online Pati News
Online Pati News