सोमबार, २६ आश्विन २०८३ काठमाडौं 19:15:40
सत्य • तथ्य • विश्वसनीय
BREAKING
उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦ उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦
१ महिना अगाडि
Post Header Advertisement
पर्यटन

तनहुँको भानु–९ स्थित चितिखोला आन्तरिक पर्यटकको नयाँ गन्तव्य बन्दै, नक्षत्रबाटिका, सामुदायिक चिया खेती, झरना, जङ्गली पदमार्गदेखि मगर संस्कृति र होमस्टेसम्मको आकर्षण

समाचार सुन्नुहोस् (Listen to News)
तनहुँको भानु–९ स्थित चितिखोला आन्तरिक पर्यटकको नयाँ गन्तव्य बन्दै, नक्षत्रबाटिका, सामुदायिक चिया खेती, झरना, जङ्गली पदमार्गदेखि मगर संस्कृति र होमस्टेसम्मको आकर्षण
तनहुँको भानु–९ स्थित चितिखोला आन्तरिक पर्यटकको नयाँ गन्तव्य बन्दै, नक्षत्रबाटिका, सामुदायिक चिया खेती, झरना, जङ्गली पदमार्गदेखि मगर संस्कृति र होमस्टेसम्मको आकर्षण
तनहुँको भानु–९ स्थित चितिखोला आन्तरिक पर्यटकको नयाँ गन्तव्य बन्दै, नक्षत्रबाटिका, सामुदायिक चिया खेती, झरना, जङ्गली पदमार्गदेखि मगर संस्कृति र होमस्टेसम्मको आकर्षण
Post Content Top Advertisement

तनहुँ । तनहुँको भानु नगरपालिका–९, चितिखोला पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ। प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा, जङ्गली पदमार्ग, झरना, होमस्टे तथा कृषि पर्यटनका कारण चितिखोलामा पर्यटकको चहलपहल बढ्दै गएको हो।

चितिखोला पुग्न पृथ्वी राजमार्गअन्तर्गत डुम्रे बजारबाट करिब २० किलोमिटरको दूरीमा रहेको अर्चलधारासम्म पुगेपछि त्यहाँबाट करिब एक किलोमिटर पक्की सडक हुँदै पुग्न सकिन्छ।

Post Content Middle In-Article Ad

चितिखोलामा पर्यटकका लागि विभिन्न आकर्षणहरू रहेका छन्। यहाँ रहेको नक्षत्रबाटिका भित्र सामुदायिक चिया खेती, शिव मन्दिर, योग तथा ध्यानशाला लगायतका संरचना छन्। त्यस्तै, बाघेखोलामा रहेको कालिका मन्दिर र मन्दिरको आडमा रहेको ढुङ्गेधाराले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

यहाँ करिब चार किलोमिटर लामो जङ्गली पदमार्गसमेत रहेको छ। पदयात्राका क्रममा चितुवा, खरायो, मृग, वनबिरालोलगायत विभिन्न जङ्गली जनावर अवलोकन गर्न सकिने स्थानीयको भनाइ छ। साथै, करिब ५० प्रजातिका चराचुरुङ्गीको आवाज सुन्दै प्राकृतिक वातावरणमा रमाउन सकिन्छ।

पदमार्गको बीच–बीचमा रहेका प्राकृतिक छाँगा–छहराको कलकल आवाज, विभिन्न प्रजातिका जङ्गली वनस्पति, लहरा तथा फूलहरूले पर्यटकलाई प्रकृतिसँग नजिक हुने अवसर प्रदान गर्छन्। यात्राका क्रममा ढुङ्गे चौतारीमा बसेर उत्तरतर्फ देखिने हिमशृङ्खलाको मनोरम दृश्यसमेत अवलोकन गर्न सकिन्छ।

चितिखोलाको प्राकृतिक दृश्य

चितिखोलाको अर्को महत्वपूर्ण विशेषता यहाँको होमस्टे तथा ग्रामीण पर्यटन हो। होमस्टेमा बसेर मगर समुदायको संस्कृति, परम्परा, खानपान, रहनसहन तथा स्थानीय जीवनशैलीबारे नजिकबाट बुझ्न सकिन्छ। पर्यटकले रोटे पिङको आनन्द लिनुका साथै स्थानीय मौलिक नाच चुड्का समेत हेर्न पाउने अवसर पाउँछन्।

माछा मार्ने रुचि भएका पर्यटकका लागि चितिखोलामा माछा मार्ने अनुभवसमेत लिन सकिने व्यवस्था रहेको छ। त्यस्तै, हिमालय अर्गानिक फार्मस्टे मा प्राकृतिक हरियालीसँगै स्थानीय तथा स्वादिष्ट खानपान र आरामदायी बसोबासको सुविधा लिन सकिन्छ।

चितिखोलाको अर्को आकर्षण चद्रे खोला झरना हो। यहाँ तीनवटा छाँगा रहेका छन्। साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकका लागि यी झरनामा क्यानोनिङको सम्भावनासमेत रहेको छ।

यस क्षेत्रको भ्रमणका क्रममा विभिन्न कृषि तथा पशुपालन फार्महरूको अवलोकन गर्न सकिन्छ। फलफूल खेती, कुखुरापालन, बङ्गुरपालन, बाख्रापालन, गाई–भैंसीपालन, मौरीपालन तथा तरकारी खेतीलगायतका गतिविधि प्रत्यक्ष रूपमा हेर्न सकिने भएकाले चितिखोला कृषि पर्यटनका लागि समेत सम्भावनायुक्त क्षेत्र बनेको छ।

विभिन्न समुदायका मानिसहरूको बसोबास रहेको चितिखोलामा संस्कृति, भाषा, खानपान, बोलचाल र रहनसहनमा समेत विविधता पाइन्छ। यही विविधता र प्राकृतिक सुन्दरताले चितिखोलालाई पर्यटकका लागि थप आकर्षक बनाएको छ।

चितिखोलाको प्राकृतिक तथा ग्रामीण पर्यटन

प्राकृतिक सौन्दर्यसँगै धार्मिक, सांस्कृतिक, साहसिक र कृषि पर्यटनको अनुभव एकै ठाउँमा लिन चाहनेहरूका लागि चितिखोला उपयुक्त गन्तव्य बन्न सक्छ। त्यसैले तनहुँ तथा आसपासका जिल्लाका आन्तरिक पर्यटकले चितिखोलाको भ्रमणलाई आफ्नो यात्राको तालिकामा समावेश गर्न सक्ने स्थानीयवासीको आग्रह छ।

Post Content Bottom Advertisement
यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाउने तयारी, मौसमी महसुल लागू गरिने पछिल्लो समाचार विद्युत् र सिँचाइ पूर्वाधार निरीक्षण गर्न ऊर्जामन्त्री श्रेष्ठ कोशी प्रदेश जाँदै
Online Pati News
Online Pati News