भोटेकोशी र बुढीगण्डकी बाढी प्रभावित ऋणीलाई राहत: असोजको किस्ता तिर्ने म्याद पुस मसान्तसम्म थप। काठमाडौं । नेपाल राष्ट्र बैंकले भोटेकोशी तथा बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रत्यक्ष प्रभावित उद्यमी, व्यवसायी तथा ऋणीहरूलाई ऋणको किस्ता भुक्तानीमा विशेष राहत दिएको छ। केन्द्रीय बैंकले 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै २०८१ असोज मसान्तभित्र तिर्नुपर्ने ऋणको साँवा तथा ब्याज पुस मसान्तसम्म भुक्तानी गर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक राम पौडेलद्वारा जारी परिपत्र अनुसार बाढीग्रस्त क्षेत्रमा प्रत्यक्ष असर परेका उद्यम, परियोजना वा व्यवसायका साथै रसुवा भन्सार नाकाबाट हुने कच्चा पदार्थ, अर्ध-तयारी तथा तयारी वस्तुको आयात–निर्यातमा आधारित व्यवसाय सञ्चालकहरूले यो सुविधा पाउनेछन्। बाढी प्रभावित ऋणीको बिक्री, आम्दानी, नगद प्रवाह र जगेडा कोषको वास्तविक विश्लेषण गरी असोज मसान्तमा किस्ता तिर्न कठिनाइ भएका ऋणीहरूको हकमा वित्तीय संस्थाहरूले २०८१ पुस मसान्तसम्म समय थप गर्न सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ। #onlinepatinews #NepalRastraBank #FloodRelief #NepalEconomy
भोटेकोशी र बुढीगण्डकी बाढी प्रभावित ऋणीलाई राहत: असोजको किस्ता तिर्ने म्याद पुस मसान्तसम्म थप
Online Pati News २०८३ आश्विन २८, ३:२५ AM • ~2 मिनेट पढाइ
समाचार सुन्नुहोस् (Listen to News)
भोटेकोशी र बुढीगण्डकी बाढी प्रभावित ऋणीलाई राहत: असोजको किस्ता तिर्ने म्याद पुस मसान्तसम्म थप
भोटेकोशी र बुढीगण्डकी बाढी प्रभावित ऋणीलाई राहत: असोजको किस्ता तिर्ने म्याद पुस मसान्तसम्म थप
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले भोटेकोशी तथा बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रत्यक्ष प्रभावित उद्यमी, व्यवसायी तथा ऋणीहरूलाई ऋणको किस्ता भुक्तानीमा विशेष राहत दिएको छ। केन्द्रीय बैंकले 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै २०८१ असोज मसान्तभित्र तिर्नुपर्ने ऋणको साँवा तथा ब्याज पुस मसान्तसम्म भुक्तानी गर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक राम पौडेलद्वारा जारी परिपत्र अनुसार बाढीग्रस्त क्षेत्रमा प्रत्यक्ष असर परेका उद्यम, परियोजना वा व्यवसायका साथै रसुवा भन्सार नाकाबाट हुने कच्चा पदार्थ, अर्ध-तयारी तथा तयारी वस्तुको आयात–निर्यातमा आधारित व्यवसाय सञ्चालकहरूले यो सुविधा पाउनेछन्।
बाढी प्रभावित ऋणीको बिक्री, आम्दानी, नगद प्रवाह र जगेडा कोषको वास्तविक विश्लेषण गरी असोज मसान्तमा किस्ता तिर्न कठिनाइ भएका ऋणीहरूको हकमा वित्तीय संस्थाहरूले २०८१ पुस मसान्तसम्म समय थप गर्न सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
#onlinepatinews #NepalRastraBank #FloodRelief #NepalEconomy