शुक्रबार, ३० आश्विन २०८३ काठमाडौं 14:15:56
सत्य • तथ्य • विश्वसनीय
BREAKING
खुलामञ्चको क्षति आफ्नै खर्चमा मर्मत गर्दै कांग्रेस : ४५ दिनभित्र पुनः हराभरा बनाइने ✦ भारत भ्रमण सकेर फर्किए गृहमन्त्री सुधन गुरुङ, विमानस्थलमा भीआईपी कक्ष प्रयोग नगरी सर्वसाधारणतर्फबाट बाहिरिए ✦ खगेन्द्र सुनारको कडा चेतावनी : ‘मेरो गल्तीमा पार्टी सती जाँदैन, अपराध प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छु’ ✦ भारत भ्रमण सकेर फर्किने क्रममा गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता ✦ खगेन्द्र सुनारसँग नाम जोडिएका, साउदीका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अस्वीकृत ✦ विद्युत् महसुलमा ५ प्रतिशत भ्याटविरुद्धको हस्ताक्षर अभियान पुनः सुरु गर्ने उज्यालो नेपाल पार्टीको घोषणा ✦ खुलामञ्चको क्षति आफ्नै खर्चमा मर्मत गर्दै कांग्रेस : ४५ दिनभित्र पुनः हराभरा बनाइने ✦ भारत भ्रमण सकेर फर्किए गृहमन्त्री सुधन गुरुङ, विमानस्थलमा भीआईपी कक्ष प्रयोग नगरी सर्वसाधारणतर्फबाट बाहिरिए ✦ खगेन्द्र सुनारको कडा चेतावनी : ‘मेरो गल्तीमा पार्टी सती जाँदैन, अपराध प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छु’ ✦ भारत भ्रमण सकेर फर्किने क्रममा गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता ✦ खगेन्द्र सुनारसँग नाम जोडिएका, साउदीका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अस्वीकृत ✦ विद्युत् महसुलमा ५ प्रतिशत भ्याटविरुद्धको हस्ताक्षर अभियान पुनः सुरु गर्ने उज्यालो नेपाल पार्टीको घोषणा ✦
२ दिन अगाडि
Post Header Advertisement
समाचार राजनीति अन्तर्राष्ट्रिय

बिमस्टेक बैठकमा गृहमन्त्री सुधन गुरुङको जोड: क्षेत्रीय सुरक्षा सुदृढ बनाऔं, विपद् व्यवस्थापनमा संयुक्त कार्यदल बनाऔं

समाचार सुन्नुहोस् (Listen to News)
बिमस्टेक बैठकमा गृहमन्त्री सुधन गुरुङको जोड: क्षेत्रीय सुरक्षा सुदृढ बनाऔं, विपद् व्यवस्थापनमा संयुक्त कार्यदल बनाऔं
बिमस्टेक बैठकमा गृहमन्त्री सुधन गुरुङको जोड: क्षेत्रीय सुरक्षा सुदृढ बनाऔं, विपद् व्यवस्थापनमा संयुक्त कार्यदल बनाऔं
बिमस्टेक बैठकमा गृहमन्त्री सुधन गुरुङको जोड: क्षेत्रीय सुरक्षा सुदृढ बनाऔं, विपद् व्यवस्थापनमा संयुक्त कार्यदल बनाऔं
Post Content Top Advertisement
news-6ace5c29744a8-IMG_6359.webp
  • काठमाडौं भारतको नयाँ दिल्लीमा सम्पन्न बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल (बिमस्टेक) को पहिलो गृहमन्त्रीस्तरीय बैठकले क्षेत्रीय सुरक्षा सहकार्यलाई थप संस्थागत बनाउने प्रतिबद्धतासहित 'दिल्ली घोषणापत्र' जारी गरेको छ। स्थापनाको २९ वर्षपछि आयोजित यस ऐतिहासिक बैठकमा नेपालका गृहमन्त्री सुधन गुरुङ सहभागी हुनुभएको थियो। उहाँ बिमस्टेक सदस्य राष्ट्रहरूका साथै विश्वकै सबैभन्दा कान्छा गृहमन्त्री हुनुहुन्छ। बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले आतंकवाद, लागूऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण तथा साइबर अपराध नियन्त्रणका लागि सदस्य राष्ट्रहरूबीच सूचनाको सुरक्षित आदानप्रदान र प्रविधि साझेदारी अपरिहार्य रहेको बताउनुभयो। साथै, विगतका नीति तथा घोषणाहरूलाई समयमै कार्यान्वयनमा लैजानुपर्नेमा उहाँको जोड थियो। जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न क्षेत्रीय सहकार्यको खाँचो औंल्याउँदै मन्त्री गुरुङले भन्नुभयो, "नेपालले पछिल्लो दुई महिनामा भोटेकोशी, मनाङ–मुस्ताङ तथा गोरखाको बूढीगण्डकी क्षेत्रमा भोगेका बाढीका घटनाले विपद् व्यवस्थापनमा क्षेत्रीय ऐक्यबद्धताको महत्त्व पुष्टि गरेका छन्।" यसका लागि हिमालदेखि समुद्रसम्मका भूगोलमा परिचालन हुन सक्ने गरी बिमस्टेक विपद् पूर्वतयारी रूपरेखा र संयुक्त कार्यदल गठन गर्नुपर्ने प्रस्ताव उहाँले अघि सार्नुभयो। बैठकका अवसरमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच द्विपक्षीय सुरक्षा मामिलामा महत्त्वपूर्ण भेटवार्ता भएको छ। छलफलका क्रममा गृहमन्त्री गुरुङले नेपाली उद्योगी–व्यवसायीहरूले भारतीय बजार पहुँचमा व्यहोर्नुपरेको भारतीय मानक ब्युरो (BIS) प्रमाणीकरणसम्बन्धी प्राविधिक कठिनाइबारे ध्यानाकर्षण गराउनुभएको थियो। उक्त विषयमा भारतीय पक्षबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। #onlinepatinews #SudhanGurung #BIMSTEC #NepalIndia
Post Content Middle In-Article Ad
Post Content Bottom Advertisement
यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित पछिल्लो समाचार भोटेकोशी र बुढीगण्डकी बाढी प्रभावित ऋणीलाई राहत: असोजको किस्ता तिर्ने म्याद पुस मसान्तसम्म थप
Online Pati News
Online Pati News