शुक्रबार, ३० आश्विन २०८३ काठमाडौं 14:11:44
सत्य • तथ्य • विश्वसनीय
BREAKING
खुलामञ्चको क्षति आफ्नै खर्चमा मर्मत गर्दै कांग्रेस : ४५ दिनभित्र पुनः हराभरा बनाइने ✦ भारत भ्रमण सकेर फर्किए गृहमन्त्री सुधन गुरुङ, विमानस्थलमा भीआईपी कक्ष प्रयोग नगरी सर्वसाधारणतर्फबाट बाहिरिए ✦ खगेन्द्र सुनारको कडा चेतावनी : ‘मेरो गल्तीमा पार्टी सती जाँदैन, अपराध प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छु’ ✦ भारत भ्रमण सकेर फर्किने क्रममा गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता ✦ खगेन्द्र सुनारसँग नाम जोडिएका, साउदीका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अस्वीकृत ✦ विद्युत् महसुलमा ५ प्रतिशत भ्याटविरुद्धको हस्ताक्षर अभियान पुनः सुरु गर्ने उज्यालो नेपाल पार्टीको घोषणा ✦ खुलामञ्चको क्षति आफ्नै खर्चमा मर्मत गर्दै कांग्रेस : ४५ दिनभित्र पुनः हराभरा बनाइने ✦ भारत भ्रमण सकेर फर्किए गृहमन्त्री सुधन गुरुङ, विमानस्थलमा भीआईपी कक्ष प्रयोग नगरी सर्वसाधारणतर्फबाट बाहिरिए ✦ खगेन्द्र सुनारको कडा चेतावनी : ‘मेरो गल्तीमा पार्टी सती जाँदैन, अपराध प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छु’ ✦ भारत भ्रमण सकेर फर्किने क्रममा गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता ✦ खगेन्द्र सुनारसँग नाम जोडिएका, साउदीका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अस्वीकृत ✦ विद्युत् महसुलमा ५ प्रतिशत भ्याटविरुद्धको हस्ताक्षर अभियान पुनः सुरु गर्ने उज्यालो नेपाल पार्टीको घोषणा ✦
१ घण्टा अगाडि
Post Header Advertisement
समाचार राजनीति

खुलामञ्चको क्षति आफ्नै खर्चमा मर्मत गर्दै कांग्रेस : ४५ दिनभित्र पुनः हराभरा बनाइने

समाचार सुन्नुहोस् (Listen to News)
खुलामञ्चको क्षति आफ्नै खर्चमा मर्मत गर्दै कांग्रेस : ४५ दिनभित्र पुनः हराभरा बनाइने
Post Content Top Advertisement
काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा ऐतिहासिक खुलामञ्चमा पुगेको क्षतिको आफैँ खर्च बेहोरेर मर्मत गर्ने भएको छ। सार्वजनिक पूर्वाधार र वातावरणीय संवेदनशीलतालाई ध्यानमा राख्दै खुलामञ्चलाई पूर्ववत् सुन्दर तथा हराभरा अवस्थामा फर्काउन पार्टीले मर्मत सम्भारको प्रक्रिया अघि बढाएको हो। काठमाडौँ महानगरपालिकाको नियम र मापदण्डअनुसार खुलामञ्चको पुनर्स्थापनाका लागि कांग्रेसले सेवा प्रदायक संस्था माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट्स प्रालिसँग सम्झौता गरेको छ। वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको रोहवरमा कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल र सेवा प्रदायक संस्थाका प्रतिनिधि थमन भुषालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार महाधिवेशनका क्रममा क्षति पुगेको जमिन सम्याएर उच्च गुणस्तरको नयाँ दुबो रोप्ने तथा प्राविधिक रेखदेखसहित उचित स्याहार गरिनेछ। यस कार्यको सम्पूर्ण आर्थिक भार कांग्रेस स्वयंले बेहोर्नेछ। पुनःस्थापनाका लागि कुल ४५ दिनको समयसीमा तोकिएको छ। जसअन्तर्गत पहिलो १५ दिनभित्र दुबो रोप्ने कार्य सम्पन्न गरिनेछ भने बाँकी ३० दिन नियमित सिँचाइ र गोडमेल गरी खुलामञ्चलाई पूर्ण रूपमा हराभरा बनाइनेछ। कामको सहजीकरण तथा स्वयंसेवक परिचालनको जिम्मेवारी नेपाली कांग्रेस काठमाडौँ महानगर समितिलाई दिइएको छ, जसको संयोजन महानगर सभापति इन्जिनियर सुसन वैद्यले गर्नेछन्। निर्माण तथा मर्मत सम्पन्न भएपछि महानगरपालिकाको मापदण्डबमोजिम खुलामञ्च परिसर महानगरलाई हस्तान्तरण गरिनेछ। वित्तीय सम्झौताअनुसार कुल रकमको ८० प्रतिशत पेश्की उपलब्ध गराइनेछ भने बाँकी २० प्रतिशत रकम काम सम्पन्न भएपछि भुक्तानी गरिने व्यवस्था मिलाइएको छ। सार्वजनिक कार्यक्रम सम्पन्न भएपछि संरचनाको मर्मत गरी पुरानै रूपमा फर्काउने कांग्रेसको यो निर्णयले सकारात्मक सन्देश दिएको छ। #onlinepatinews #Khulamanch #NepaliCongress #Kathmandu
Post Content Middle In-Article Ad
Post Content Bottom Advertisement
यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार राजदूत सिफारिस अस्वीकृत प्रकरण : ‘ग्रे जोन’ तोडेर संसदीय सर्वोच्चता स्थापित गर्दा एमाले नेता गोकुल बाँस्कोटाको पनि साथ
Online Pati News
Online Pati News