शुक्रबार, ३० आश्विन २०८३ काठमाडौं 14:11:33
सत्य • तथ्य • विश्वसनीय
BREAKING
खुलामञ्चको क्षति आफ्नै खर्चमा मर्मत गर्दै कांग्रेस : ४५ दिनभित्र पुनः हराभरा बनाइने ✦ भारत भ्रमण सकेर फर्किए गृहमन्त्री सुधन गुरुङ, विमानस्थलमा भीआईपी कक्ष प्रयोग नगरी सर्वसाधारणतर्फबाट बाहिरिए ✦ खगेन्द्र सुनारको कडा चेतावनी : ‘मेरो गल्तीमा पार्टी सती जाँदैन, अपराध प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छु’ ✦ भारत भ्रमण सकेर फर्किने क्रममा गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता ✦ खगेन्द्र सुनारसँग नाम जोडिएका, साउदीका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अस्वीकृत ✦ विद्युत् महसुलमा ५ प्रतिशत भ्याटविरुद्धको हस्ताक्षर अभियान पुनः सुरु गर्ने उज्यालो नेपाल पार्टीको घोषणा ✦ खुलामञ्चको क्षति आफ्नै खर्चमा मर्मत गर्दै कांग्रेस : ४५ दिनभित्र पुनः हराभरा बनाइने ✦ भारत भ्रमण सकेर फर्किए गृहमन्त्री सुधन गुरुङ, विमानस्थलमा भीआईपी कक्ष प्रयोग नगरी सर्वसाधारणतर्फबाट बाहिरिए ✦ खगेन्द्र सुनारको कडा चेतावनी : ‘मेरो गल्तीमा पार्टी सती जाँदैन, अपराध प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छु’ ✦ भारत भ्रमण सकेर फर्किने क्रममा गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता ✦ खगेन्द्र सुनारसँग नाम जोडिएका, साउदीका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अस्वीकृत ✦ विद्युत् महसुलमा ५ प्रतिशत भ्याटविरुद्धको हस्ताक्षर अभियान पुनः सुरु गर्ने उज्यालो नेपाल पार्टीको घोषणा ✦
१ दिन अगाडि
Post Header Advertisement
समाचार राजनीति

भारत भ्रमण सकेर फर्किए गृहमन्त्री सुधन गुरुङ, विमानस्थलमा भीआईपी कक्ष प्रयोग नगरी सर्वसाधारणतर्फबाट बाहिरिए

समाचार सुन्नुहोस् (Listen to News)
भारत भ्रमण सकेर फर्किए गृहमन्त्री सुधन गुरुङ, विमानस्थलमा भीआईपी कक्ष प्रयोग नगरी सर्वसाधारणतर्फबाट बाहिरिए
भारत भ्रमण सकेर फर्किए गृहमन्त्री सुधन गुरुङ, विमानस्थलमा भीआईपी कक्ष प्रयोग नगरी सर्वसाधारणतर्फबाट बाहिरिए
भारत भ्रमण सकेर फर्किए गृहमन्त्री सुधन गुरुङ, विमानस्थलमा भीआईपी कक्ष प्रयोग नगरी सर्वसाधारणतर्फबाट बाहिरिए
Post Content Top Advertisement

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी बुधबार साँझ स्वदेश फर्कनुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि उहाँ विशिष्ट व्यक्ति (भीआईपी) का लागि छुट्याइएको कक्ष प्रयोग नगरी सर्वसाधारण यात्रु बाहिरिने कक्षबाटै बाहिरिनुभएको हो।

भारतको नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन उनी असोज २६ गते दिल्ली प्रस्थान गरेका थिए।

Post Content Middle In-Article Ad

सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले जलवायु परिवर्तनका कारण क्षेत्रमा बढ्दो विपद्को जोखिम न्यूनीकरण गर्न 'बिमस्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा' निर्माणको प्रस्ताव राख्नुभएको थियो।

भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरी सीमा सुरक्षा र आपसी हितका विषयमा छलफल गर्नुभयो। यस्तै, काठमाडौँ फर्कने क्रममा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पनि उहाँको संक्षिप्त भेट भएको थियो।

#onlinepatinews #SudhanGurung #HomeMinister #NepalNews

Post Content Bottom Advertisement
यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार खगेन्द्र सुनारको कडा चेतावनी : ‘मेरो गल्तीमा पार्टी सती जाँदैन, अपराध प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छु’ पछिल्लो समाचार बाढीपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई अर्थमन्त्रीको आग्रह
Online Pati News
Online Pati News