शुक्रबार, ३० आश्विन २०८३ काठमाडौं 14:11:22
सत्य • तथ्य • विश्वसनीय
BREAKING
खुलामञ्चको क्षति आफ्नै खर्चमा मर्मत गर्दै कांग्रेस : ४५ दिनभित्र पुनः हराभरा बनाइने ✦ भारत भ्रमण सकेर फर्किए गृहमन्त्री सुधन गुरुङ, विमानस्थलमा भीआईपी कक्ष प्रयोग नगरी सर्वसाधारणतर्फबाट बाहिरिए ✦ खगेन्द्र सुनारको कडा चेतावनी : ‘मेरो गल्तीमा पार्टी सती जाँदैन, अपराध प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छु’ ✦ भारत भ्रमण सकेर फर्किने क्रममा गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता ✦ खगेन्द्र सुनारसँग नाम जोडिएका, साउदीका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अस्वीकृत ✦ विद्युत् महसुलमा ५ प्रतिशत भ्याटविरुद्धको हस्ताक्षर अभियान पुनः सुरु गर्ने उज्यालो नेपाल पार्टीको घोषणा ✦ खुलामञ्चको क्षति आफ्नै खर्चमा मर्मत गर्दै कांग्रेस : ४५ दिनभित्र पुनः हराभरा बनाइने ✦ भारत भ्रमण सकेर फर्किए गृहमन्त्री सुधन गुरुङ, विमानस्थलमा भीआईपी कक्ष प्रयोग नगरी सर्वसाधारणतर्फबाट बाहिरिए ✦ खगेन्द्र सुनारको कडा चेतावनी : ‘मेरो गल्तीमा पार्टी सती जाँदैन, अपराध प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छु’ ✦ भारत भ्रमण सकेर फर्किने क्रममा गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता ✦ खगेन्द्र सुनारसँग नाम जोडिएका, साउदीका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अस्वीकृत ✦ विद्युत् महसुलमा ५ प्रतिशत भ्याटविरुद्धको हस्ताक्षर अभियान पुनः सुरु गर्ने उज्यालो नेपाल पार्टीको घोषणा ✦
१ दिन अगाडि
Post Header Advertisement
समाचार राजनीति

खगेन्द्र सुनारसँग नाम जोडिएका, साउदीका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अस्वीकृत

समाचार सुन्नुहोस् (Listen to News)
खगेन्द्र सुनारसँग नाम जोडिएका, साउदीका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अस्वीकृत
खगेन्द्र सुनारसँग नाम जोडिएका, साउदीका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अस्वीकृत
खगेन्द्र सुनारसँग नाम जोडिएका, साउदीका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अस्वीकृत
Post Content Top Advertisement
काठमाडौँ । साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरिबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अस्वीकृत गरेको छ। बुधबार बसेको समितिको बैठकले सुनारको नैतिक आचरण तथा विगतका विवादलाई लिएर प्रश्न उठेपछि राजदूतका लागि उच्च नैतिक चरित्र नपुगेको ठहर गर्दै उनको नाम अनुमोदन गर्न अस्वीकार गरेको हो। सुनुवाइ प्रक्रियाका क्रममा सांसदहरूले उनीमाथि परेका गम्भीर उजुरी, महिला हिंसासँग सम्बन्धित पुरानो विवाद, प्रहरीमा भएको मिलापत्र तथा जर्मनीबाट डिपोर्ट भएको भनिएको विषयमा प्रश्न उठाएका थिए। छलफलका क्रममा सुनारले आफूमाथिका आरोपहरूको खण्डन गर्दै व्यक्तिगत विषयलाई लिएर चरित्र हत्या गर्न खोजिएको दाबी गरेका थिए। यद्यपि, मुलुकको प्रतिनिधित्व गर्ने कूटनीतिक पद विवादरहित र उच्च नैतिक चरित्रको हुनुपर्ने निष्कर्ष निकाल्दै समिति सभापति बोधनारायण श्रेष्ठले सुनारको नाम अस्वीकृत भएको औपचारिक घोषणा गरे। गत असोज २ गते मन्त्रिपरिषद् बैठकले सुनारसहित विभिन्न १३ देशका लागि राजदूत सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिबाट नाम अस्वीकृत भएसँगै उनको राजदूत बन्ने प्रक्रिया रोकिएको छ। #onlinepatinews #ParliamentaryHearing #GiriBahadurSunar #NepalPolitics
Post Content Middle In-Article Ad
Post Content Bottom Advertisement
यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार भोटेकोशी बाढी प्रभावित ४ हजार बढी परिवारलाई ४५ हजारका दरले राहत वितरण, बाँकीलाई तीन दिनभित्र दिइने पछिल्लो समाचार भारत भ्रमण सकेर फर्किने क्रममा गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
Online Pati News
Online Pati News