सोमबार, २६ आश्विन २०८३ काठमाडौं 20:08:13
सत्य • तथ्य • विश्वसनीय
BREAKING
बुढीगण्डकी बाढीपछि विद्युत् मर्मत तीव्र, आरुघाटका सबै क्षेत्रमा लाइन जोड्ने प्रयास ✦ उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ बुढीगण्डकी बाढीपछि विद्युत् मर्मत तीव्र, आरुघाटका सबै क्षेत्रमा लाइन जोड्ने प्रयास ✦ उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦
१ महिना अगाडि
Post Header Advertisement
अर्थतन्त्र

विद्युत् र सिँचाइ पूर्वाधार निरीक्षण गर्न ऊर्जामन्त्री श्रेष्ठ कोशी प्रदेश जाँदै

समाचार सुन्नुहोस् (Listen to News)
विद्युत् र सिँचाइ पूर्वाधार निरीक्षण गर्न ऊर्जामन्त्री श्रेष्ठ कोशी प्रदेश जाँदै
Post Content Top Advertisement

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ विद्युत् तथा सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि आज कोशी प्रदेश जाँदै हुनुहुन्छ।

मन्त्री श्रेष्ठसहितको टोली आज दिउँसो १ बजे विराटनगर प्रस्थान गर्नेछ। भ्रमणका क्रममा पूर्वी क्षेत्रमा देखिएका विद्युत् समस्या, प्रसारण लाइन तथा अन्य पूर्वाधारको अवस्थाबारे स्थलगत निरीक्षण गरिनेछ। साथै सिँचाइको पहुँच, नहरको अवस्था र आवश्यक सुधारका विषयमा पनि अध्ययन गरिने मन्त्रालयले जनाएको छ।

Post Content Middle In-Article Ad

तीन दिने भ्रमणका क्रममा इनरुवास्थित ४०० केभी भोक्राहा सबस्टेसन, केरौना सबस्टेसन तथा बराहक्षेत्र–चतरा नहरको निरीक्षण गर्ने कार्यक्रम छ। यस्तै, नेपालको ऐतिहासिक चन्द्र नहरको समेत स्थलगत अवलोकन गरिनेछ।

मन्त्री श्रेष्ठको टोलीमा मन्त्रालयका सचिव सरिता दवाडी, सहसचिव मोहनकुमार शाक्य, मन्त्रीका निजी सचिव सुदर्शन श्रेष्ठ, सचिवालय सदस्य देवेश बेल्बासेलगायत सहभागी हुनुहुनेछ।

यस्तै, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक डा. महेश्वर श्रेष्ठ, उपमहानिर्देशक दिनेश भट्ट तथा नेपाल विद्युत् प्राधिकरणका कामु निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितका अधिकारी पनि टोलीमा रहनेछन्।

मन्त्री श्रेष्ठले यसअघि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश पुगेर त्यहाँका विद्युत् तथा सिँचाइसम्बन्धी समस्या प्रत्यक्ष रूपमा अवलोकन गर्नुभएको थियो।

Post Content Bottom Advertisement
यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार तनहुँको भानु–९ स्थित चितिखोला आन्तरिक पर्यटकको नयाँ गन्तव्य बन्दै, नक्षत्रबाटिका, सामुदायिक चिया खेती, झरना, जङ्गली पदमार्गदेखि मगर संस्कृति र होमस्टेसम्मको आकर्षण पछिल्लो समाचार बञ्चरेडाँडा फोहोर व्यवस्थापनबारे सञ्चारमन्त्री तिमिल्सिना र काठमाडौँ महानगरकी कावा प्रमुखबीच छलफल
Online Pati News
Online Pati News