सोमबार, २६ आश्विन २०८३ काठमाडौं 20:08:07
सत्य • तथ्य • विश्वसनीय
BREAKING
बुढीगण्डकी बाढीपछि विद्युत् मर्मत तीव्र, आरुघाटका सबै क्षेत्रमा लाइन जोड्ने प्रयास ✦ उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ बुढीगण्डकी बाढीपछि विद्युत् मर्मत तीव्र, आरुघाटका सबै क्षेत्रमा लाइन जोड्ने प्रयास ✦ उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦
१ महिना अगाडि
Post Header Advertisement
समाज

बाढीपीडितका नाममा गैर-कानुनी रकम संकलन विवादमा हर्क साम्पाङ

समाचार सुन्नुहोस् (Listen to News)
बाढीपीडितका नाममा गैर-कानुनी रकम संकलन विवादमा हर्क साम्पाङ
बाढीपीडितका नाममा गैर-कानुनी रकम संकलन विवादमा हर्क साम्पाङ
बाढीपीडितका नाममा गैर-कानुनी रकम संकलन विवादमा हर्क साम्पाङ
Post Content Top Advertisement
समाचार

बाढीपीडितका नाममा गैर-कानुनी रकम संकलन विवादमा हर्क साम्पाङ

समाचार पढिँदैछ...
बाढीपीडितका नाममा गैर-कानुनी रकम संकलन विवादमा हर्क साम्पाङ
नेपाल सरकारले बाढीपीडितका नाममा कुनै पनि व्यक्ति वा संस्थाले निजी रूपमा रकम संकलन नगर्न आग्रह गर्दै

नेपाल सरकारले बाढीपीडितका नाममा कुनै पनि व्यक्ति वा संस्थाले निजी रूपमा रकम संकलन नगर्न आग्रह गर्दै सहयोग गर्न चाहनेहरूलाई सरकारको आधिकारिक खातामार्फत सहयोग गर्न अनुरोध गरेको अवस्थामा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भने सामाजिक सञ्जालमार्फत सहयोगका लागि सम्पर्क नम्बर सार्वजनिक गरेको विषय विवादमा परेको छ।

साम्पाङले फेसबुकमा उपलब्ध गराएको उक्त नम्बरमा ह्वाट्सएपमार्फत सम्पर्क गर्दा पूर्णबहादुर राई नामका व्यक्तिले व्यक्तिगत बैंक खाताको विवरण उपलब्ध गराएको दाबी गरिएको छ। सरकारी आग्रहविपरीत निजी खातामार्फत रकम संकलन गरिएको भन्दै यस विषयमा प्रश्न उठ्न थालेका छन्।

Post Content Middle In-Article Ad

यसअघि विभिन्न राजनीतिक दल, सामाजिक अभियन्ता तथा संघसंस्थाले समेत निजी वा संस्थागत खातामा रकम संकलन नगरेको देखिन्छ। त्यस्तै, गृहमन्त्रीसँग जोडिएको ‘हामी नेपाल’ नामक संस्थाले आर्थिक सहयोगका लागि क्यूआर कोड सार्वजनिक गरेपछि चौतर्फी आलोचना भएको थियो। आलोचनापछि उक्त पोस्ट हटाइएको बताइएको छ।

तर हर्क साम्पाङले सार्वजनिक गरेको पोस्ट भने हालसम्म नहटाइएको र निजी खातामार्फत रकम संकलन भइरहेको दाबी गरिएको छ। यस विषयमा सम्बन्धित पक्षको आधिकारिक प्रतिक्रिया भने आउन बाँकी छ।

Post Content Bottom Advertisement
यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: "ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ" पछिल्लो समाचार पहिरो प्रभावित बस्तीको स्थलगत निरीक्षणमा सञ्चारमन्त्री तिमिल्सिना
Online Pati News
Online Pati News