NEPSE
बिहीबार, ११ भाद्र २०८३ | | Thursday, August 27, 2026
समाचार

ऊर्जा मन्त्री श्रेष्ठको सल्लाहकार समूहले पायो पूर्णता

समाचार पढिँदैछ...

ऊर्जा मन्त्री श्रेष्ठको सल्लाहकार समूहले पायो पूर्णता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन्।

मन्त्री श्रेष्ठले बिहीबार तीन जना नयाँ सल्लाहकार नियुक्त गरेसँगै सल्लाहकार समूहले पूर्णता पाएको हो। आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई निजी क्षेत्र सल्लाहकार नियुक्त गरिएको छ।

यसअघि नै विवेक राज कँडेललाई ऊर्जा सल्लाहकार नियुक्त गरिएको थियो। नयाँ नियुक्तिसँगै मन्त्री श्रेष्ठको सल्लाहकार समूहमा ऊर्जा, नीति, योजना तथा लगानी र निजी क्षेत्रका विषयमा विज्ञता भएका चार जना समेटिएका छन्।

सल्लाहकारहरूले सम्बन्धित क्षेत्रका नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवद्र्धन तथा निजी क्षेत्रसँगको समन्वयलगायत विषयमा मन्त्रीलाई सुझाव तथा परामर्श दिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार चारै जना सल्लाहकारले अवैतनिक रूपमा जिम्मेवारी निर्वाह गर्नेछन्।

#onlinepatinews #EnergyMinister #NepalGovernment #NepalNews