NEPSE
बिहीबार, ११ भाद्र २०८३ | | Thursday, August 27, 2026
समाचार

काठमाडौंमा ५ स्थानबाट एलपी ग्यास बिक्री–वितरण

समाचार पढिँदैछ...

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले काठमाडौं जिल्लामा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति तथा वितरणका लागि २०८३ साउन ३० गते शनिबार विभिन्न पाँच स्थानबाट ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौं र नेपाल आयल निगमको समन्वयमा तोकिएका बिक्री केन्द्रबाट विभिन्न ब्रान्डका एलपी ग्यास सिलिन्डर बिक्री गरिने निगमले जनाएको छ।

यी हुन् ग्यास बिक्री हुने स्थान

१. निगमको टेकु परिसर
नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री, हिमाल

२. यातायात कार्यालय परिसर, चाबहिल
नेपाल र एचपी

३. राधास्वामी, कीर्तिपुर परिसर
नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइजवाला र ओम

४. राधास्वामी, बसुन्धरा परिसर
नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम

५. पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहल
नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, STC, लोकप्रिय र सूर्य

निगमका अनुसार एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको छ भने सम्बन्धित ग्यास उद्योगहरूले आफ्ना विक्रेतामार्फत पनि नियमित रूपमा ग्यास बिक्री–वितरण गरिरहेका छन्।

अत्यावश्यक परेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा लिएर बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका बिक्री केन्द्रमा उपस्थित भई ग्यास खरिद गर्न सक्नेछन्।

नेपाल आयल निगमले उपभोक्तालाई अनावश्यक रूपमा लामो लाइनमा नबस्न र आफ्नो आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ।

#onlinepatinews #LPGGas #NepalOilCorporation #Kathmandu #GasSupply