सोमबार, २६ आश्विन २०८३ काठमाडौं 19:23:12
सत्य • तथ्य • विश्वसनीय
BREAKING
उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦ उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦
१ महिना अगाडि
Post Header Advertisement
राजनीति

कभर स्टोरी ऐतिहासिक अभिलेखको संरक्षण र प्रवर्धन गर्नुपर्छ : अर्थमन्त्री वाग्ले ऐतिहासिक अभिलेखको संरक्षण र प्रवर्धन गर्नुपर्छ : अर्थमन्त्री वाग्लेकाठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक दस्तावेज तथा सम्पत्तिको सं

समाचार सुन्नुहोस् (Listen to News)
कभर स्टोरी ऐतिहासिक अभिलेखको संरक्षण र प्रवर्धन गर्नुपर्छ : अर्थमन्त्री वाग्ले ऐतिहासिक अभिलेखको संरक्षण र प्रवर्धन गर्नुपर्छ : अर्थमन्त्री वाग्लेकाठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक दस्तावेज तथा सम्पत्तिको सं
Post Content Top Advertisement
समाचार

ऐतिहासिक अभिलेखको संरक्षण र प्रवर्धन गर्नुपर्छ : अर्थमन्त्री वाग्ले

समाचार पढिँदैछ...

ऐतिहासिक अभिलेखको संरक्षण र प्रवर्धन गर्नुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक दस्तावेज तथा सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताउनुभएको छ।

मंगलबार साँझ रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयको अवलोकन गर्दै उहाँले नेपालका ऐतिहासिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक दस्तावेज अमूल्य सम्पत्ति भएकाले तिनको संरक्षण अपरिहार्य रहेको बताउनुभयो।

Post Content Middle In-Article Ad

अर्थमन्त्री वाग्लेले अभिलेखालयमा रहेका दस्तावेजलाई भविष्यका पुस्ताका लागि सुरक्षित राख्नुपर्ने उल्लेख गर्दै अभिलेखालयलाई अध्येता, विद्यार्थी तथा इतिहासमा रुचि राख्नेहरूका लागि ज्ञान केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो।

अवलोकनका क्रममा उहाँले ऐतिहासिक शासन व्यवस्थासँग सम्बन्धित आर्थिक तथा राजनीतिक गतिविधिका अभिलेखबारे जानकारी लिनुका साथै अभिलेखालयले प्राप्त गर्दै आएको बजेट तथा कार्यक्रमको प्रभावकारिताबारे कर्मचारीसँग छलफल गर्नुभयो।

अर्थमन्त्री वाग्लेलाई अभिलेखालयको अवस्थाबारे जानकारी गराउँदै पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले स्रोत तथा साधनको अभावमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक र राजनीतिक दस्तावेज संरक्षण गर्न चुनौती भइरहेको बताउनुभयो।

सुरक्षित र सुविधासम्पन्न भौतिक पूर्वाधारको अभावमा अभिलेखहरूको सुरक्षा गर्न कठिनाइ भइरहेको भन्दै उहाँले नयाँ स्थानमा जग्गासहितको भवन निर्माण, अभिलेख संरक्षणमा नयाँ प्रविधिको प्रयोग तथा कर्मचारीको क्षमता विकासमा बजेटमार्फत लगानी गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो।

#OnlinePatinews #SwarnimWagle #RastriyaAbhilekhalaya #NepalNews

Post Content Bottom Advertisement
यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार माननीय खगेन्द्र सुनार भन्छन् हाम्रो तिर बुट - जुत्ता यसरी लगाउँछन्.... तपाईंको तिर बुट - जुत्ता लगाउँछन् की खान्छन् ? ए.... अनी.... पछिल्लो समाचार बिबिएस दोस्रो वर्षमा ८६.६ प्रतिशतसहित अञ्जना राई पुनः नेपाल टप, निरन्तरताले बनायो नयाँ कीर्तिमान
Online Pati News
Online Pati News