सोमबार, २६ आश्विन २०८३ काठमाडौं 20:07:40
सत्य • तथ्य • विश्वसनीय
BREAKING
बुढीगण्डकी बाढीपछि विद्युत् मर्मत तीव्र, आरुघाटका सबै क्षेत्रमा लाइन जोड्ने प्रयास ✦ उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ बुढीगण्डकी बाढीपछि विद्युत् मर्मत तीव्र, आरुघाटका सबै क्षेत्रमा लाइन जोड्ने प्रयास ✦ उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦
१ महिना अगाडि
Post Header Advertisement
राजनीति

प्रधानमन्त्रीको गोप्य मुस्ताङ भ्रमणबारे चासो, सुरक्षा निकायसमेत अनभिज्ञ

समाचार सुन्नुहोस् (Listen to News)
प्रधानमन्त्रीको गोप्य मुस्ताङ भ्रमणबारे चासो, सुरक्षा निकायसमेत अनभिज्ञ
प्रधानमन्त्रीको गोप्य मुस्ताङ भ्रमणबारे चासो, सुरक्षा निकायसमेत अनभिज्ञ
प्रधानमन्त्रीको गोप्य मुस्ताङ भ्रमणबारे चासो, सुरक्षा निकायसमेत अनभिज्ञ
Post Content Top Advertisement
समाचार

प्रधानमन्त्रीको गोप्य मुस्ताङ भ्रमणबारे चासो, सुरक्षा निकायसमेत अनभिज्ञ

समाचार पढिँदैछ...
प्रधानमन्त्रीको गोप्य मुस्ताङ भ्रमणबारे चासो, सुरक्षा निकायसमेत अनभिज्ञ

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणका क्रममा मुस्ताङ जाने तयारीमा रहेको खबर बाहिरिएसँगै उनको भ्रमणलाई लिएर विभिन्न किसिमका चर्चा सुरु भएका छन्। प्रधानमन्त्रीको भ्रमणलाई अत्यन्तै गोप्य राखिएको बताइए पनि यसबारे केही सूचनाहरू भने बाहिरिन थालेका छन्।

प्राप्त जानकारीअनुसार प्रधानमन्त्री शाह हाल पोखरास्थित एक रिसोर्टमा रहेको बताइएको छ। त्यहाँबाट उहाँ कुन माध्यमबाट मुस्ताङ जाने तयारीमा हुनुहुन्छ भन्ने विषयमा भने स्पष्ट जानकारी सार्वजनिक भएको छैन।

Post Content Middle In-Article Ad

अझ रोचक कुरा, प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे स्थानीय प्रशासनलाई समेत औपचारिक जानकारी नभएको बताइएको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई समेत प्रधानमन्त्री आउने विषयमा पूर्वजानकारी नभएको चर्चा बाहिरिएपछि भ्रमणको गोपनीयतालाई लिएर थप चासो बढेको छ।

यसैबीच, प्रधानमन्त्री शाह पोखराबाट मुस्ताङतर्फ जाने क्रममा बाटोमा रहेका नेपाली सेनाका केही ब्यारेकमा प्रवेश गरेको खबरहरू पनि बाहिरिन थालेका छन्। यद्यपि, प्रधानमन्त्री कुन स्थानमा पुग्नुभयो, कुन बाटो प्रयोग गर्नुभयो र सेनाका ब्यारेकमा उहाँको प्रवेशको उद्देश्य के थियो भन्नेबारे अहिलेसम्म आधिकारिक रूपमा पुष्टि भएको छैन।

प्रधानमन्त्रीको यो भ्रमणलाई निजी भ्रमण भनिए पनि सुरक्षा व्यवस्थादेखि यात्रा मार्गसम्मका विषय अत्यन्तै गोप्य राखिएको देखिन्छ। त्यसैले प्रधानमन्त्रीको भ्रमणलाई लिएर विभिन्न अनुमान र प्रश्नहरू उठिरहेका छन्।

हालसम्म प्रधानमन्त्रीको सचिवालय वा सम्बन्धित सरकारी निकायबाट भ्रमणको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। त्यसैले बाहिरिएका सूचनालाई पुष्टि नभएसम्म तथ्यका रूपमा भन्दा सूचनाका रूपमा मात्र लिनुपर्ने देखिन्छ।

प्रधानमन्त्री वास्तवमै मुस्ताङ पुग्नुभएको हो वा पुग्ने तयारीमा हुनुहुन्छ, उहाँ कुन माध्यमबाट यात्रा गर्नुहुन्छ र भ्रमणको वास्तविक उद्देश्य के हो भन्ने विषय भने आधिकारिक जानकारी आएपछि मात्र स्पष्ट हुनेछ।

Post Content Bottom Advertisement
यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार पहिरो प्रभावित बस्तीको स्थलगत निरीक्षणमा सञ्चारमन्त्री तिमिल्सिना पछिल्लो समाचार नेपाल आयल निगमले एलपी ग्यासको बिक्री वितरणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन ग्यास उद्योग तथा विक्रेतालाई विभिन्न निर्देशन दिएको छ।
Online Pati News
Online Pati News