बिहिबार, १८ भाद्र २०८३ काठमाडौं 18:55:52
सत्य • तथ्य • विश्वसनीय
Online Pati News
Online Pati News
BREAKING
नेपाली मनोरञ्जन क्षेत्रमा डिजिटल रूपान्तरण, नयाँ पुस्ताको प्रभाव बढ्दो संघर्ष र सपनाको कथा : मीना बेगमको त्यागले उभिएका कलाकार नाजिर हुसेन क्रिकेट गतिविधि बढ्दै प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण: सञ्चारकर्मीलाई अवरोध नभएको दाबी युएईविरुद्धको टी-२० सिरिज १-१ को बराबरीमा मेटाले मोदीको फेसबुक पोस्ट प्रतिबन्धित भएको घटनामा भारत सरकारसँग माग्यो माफी नेपाली मनोरञ्जन क्षेत्रमा डिजिटल रूपान्तरण, नयाँ पुस्ताको प्रभाव बढ्दो संघर्ष र सपनाको कथा : मीना बेगमको त्यागले उभिएका कलाकार नाजिर हुसेन क्रिकेट गतिविधि बढ्दै प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण: सञ्चारकर्मीलाई अवरोध नभएको दाबी युएईविरुद्धको टी-२० सिरिज १-१ को बराबरीमा मेटाले मोदीको फेसबुक पोस्ट प्रतिबन्धित भएको घटनामा भारत सरकारसँग माग्यो माफी
२ दिन अगाडि
राजनीति

प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण: सञ्चारकर्मीलाई अवरोध नभएको दाबी

समाचार सुन्नुहोस् (Listen to News)
प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण: सञ्चारकर्मीलाई अवरोध नभएको दाबी
प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण: सञ्चारकर्मीलाई अवरोध नभएको दाबी
प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण: सञ्चारकर्मीलाई अवरोध नभएको दाबी

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाह को सचिवालयले प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडियो खिच्न अवरोध गरिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त विषयमा स्पष्टिकरण दिएको छ।

सचिवालयद्वारा जारी प्रेस नोट अनुसार, प्रधानमन्त्री कार्यालय प्रवेश गर्ने क्रममा परिसरमा सवारी साधनको अत्यधिक भीड देखिएपछि प्रधानमन्त्रीले सुरक्षा र व्यवस्थापनबारे सामान्य चासो मात्र राख्नुभएको हो। उक्त चासो सवारी व्यवस्थापन र प्रशासनिक सहजतासँग सम्बन्धित रहेको उल्लेख गरिएको छ। सञ्चारकर्मीलाई हटाउन वा भिडियो खिच्न रोक्न कुनै निर्देशन नदिएको सचिवालयले जनाएको छ।

यसैबीच, प्रधानमन्त्री कार्यकक्षमा प्रवेश गरिसकेपछि सुरक्षाकर्मीले गेटमा रहेका केही सञ्चारकर्मीलाई हट्न भनेको भन्ने गुनासो प्राप्त भएको र त्यसबारे तत्काल सम्बन्धित निकायसँग समन्वय गरी सञ्चारकर्मीको पहुँचमा कुनै कटौती नगरिएको जानकारी गराइएको पनि सचिवालयले स्पष्ट पारेको छ।

सचिवालयले जहाँ सञ्चारकर्मीलाई सूचना संकलन तथा रिपोर्टिङका लागि अनुमति छ, त्यहाँ कुनै पनि अवरोध नभएको र भविष्यमा पनि नहुने पुनः उल्लेख गरेको छ। साथै, सुरक्षा तथा व्यवस्थापनसँग सम्बन्धित सामान्य विषयलाई प्रेसमाथिको ‘अंकुश’ वा ‘अवरोध’का रूपमा अतिरञ्जित नगर्न आग्रह गरिएको छ।

सरकार प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक तथा संविधानप्रति प्रतिबद्ध रहेको जनाउँदै सञ्चार क्षेत्रसँग सहकार्य, पारदर्शिता र सुदृढ सम्बन्ध कायम राख्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

#PrimeMinisterOffice #BalenShah #PressStatement #MediaFreedom #Journalists #RightToInformation #GovernmentOfNepal #Kathmandu #BreakingNews #NepalNews

यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार मेटाले मोदीको फेसबुक पोस्ट प्रतिबन्धित भएको घटनामा भारत सरकारसँग माग्यो माफी पछिल्लो समाचार संसद् बैठक आज दिउँसो १ बजे बस्दै, विभिन्न विधेयकमाथि छलफल हुने
Online Pati News
Online Pati News