सोमबार, २६ आश्विन २०८३ काठमाडौं 20:05:25
सत्य • तथ्य • विश्वसनीय
BREAKING
बुढीगण्डकी बाढीपछि विद्युत् मर्मत तीव्र, आरुघाटका सबै क्षेत्रमा लाइन जोड्ने प्रयास ✦ उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ बुढीगण्डकी बाढीपछि विद्युत् मर्मत तीव्र, आरुघाटका सबै क्षेत्रमा लाइन जोड्ने प्रयास ✦ उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦
१ महिना अगाडि
Post Header Advertisement
समाचार राजनीति

अर्थमन्त्रीद्वारा दिवंगत भन्सार अधिकृत शर्माप्रति श्रद्धाञ्जली, बेपत्ता कर्मचारीको अवस्थाप्रति चिन्ता

समाचार सुन्नुहोस् (Listen to News)
अर्थमन्त्रीद्वारा दिवंगत भन्सार अधिकृत शर्माप्रति श्रद्धाञ्जली, बेपत्ता कर्मचारीको अवस्थाप्रति चिन्ता
अर्थमन्त्रीद्वारा दिवंगत भन्सार अधिकृत शर्माप्रति श्रद्धाञ्जली, बेपत्ता कर्मचारीको अवस्थाप्रति चिन्ता
अर्थमन्त्रीद्वारा दिवंगत भन्सार अधिकृत शर्माप्रति श्रद्धाञ्जली, बेपत्ता कर्मचारीको अवस्थाप्रति चिन्ता
Post Content Top Advertisement

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीमा परी निधन भएका भन्सार अधिकृत नवकुल शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

सोमबार भन्सार विभागमा आयोजित श्रद्धाञ्जली तथा स्मरण सभामा सहभागी हुँदै अर्थमन्त्री वाग्लेले दिवंगत अधिकृत शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो।

Post Content Middle In-Article Ad

उहाँले बाढीमा परी बेपत्ता भएका १४ जना राष्ट्रसेवक कर्मचारीको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनीहरू सकुशल फर्किएको खबर सुन्न आफू आतुर रहेको बताउनुभयो।

बाढीमा परी ज्यान गुमाएका अधिकृत शर्माको परिवार तथा बेपत्ता कर्मचारीका परिवारले भोगिरहेको पीडाप्रति दुःख व्यक्त गर्दै अर्थमन्त्री वाग्लेले दुःखको यस घडीमा सरकार, अर्थ मन्त्रालय र समग्र राज्य संयन्त्र परिवारको साथमा रहेको बताउनुभयो।

कर्तव्यपालनका क्रममा ज्यान गुमाउनुभएका अधिकृत शर्माको परिवारलाई सरकार तथा अर्थ मन्त्रालयका तर्फबाट उपलब्ध गराउन सकिने राहत र पुनर्स्थापनाका लागि कुनै कसर बाँकी नराख्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

सभामा बोल्दै अर्थ सचिव डा. घनश्याम उपाध्यायले नवकुल शर्माको अभाव सधैँ खड्किरहने बताउनुभयो। सरकारका लागि राजस्व संकलन गर्ने जिम्मेवारीमा खटिएका शर्माले कर्तव्यपालनकै क्रममा ज्यान गुमाएको उल्लेख गर्दै उहाँलाई ‘राजस्व सहिद’ का रूपमा सम्मान गर्नुपर्ने धारणा राख्नुभयो।

सचिव उपाध्यायले बाढीमा परी सम्पर्कविच्छेद भएका तथा अवस्था अज्ञात रहेका १४ जना कर्मचारीको अवस्थाले आफूहरूलाई चिन्तित तुल्याएको बताउँदै उनीहरूको अवस्थाबारे जानकारी लिन सरकारले आवश्यक पहल गरिरहेको जानकारी दिनुभयो।

भन्सार विभागका महानिर्देशक यमलाल भुसालले मृतक कर्मचारीको अवस्था पहिचान तथा बेपत्ता कर्मचारीको खोजीका लागि हरसम्भव प्रयास जारी रहेको बताउनुभयो।

सो अवसरमा रसुवा भन्सार कार्यालयका भन्सार प्रमुख उपसचिव राजेन्द्र ढुङ्गानाले भदौ १० गतेको बाढीका क्रममा भोगेको त्रासदी स्मरण गर्नुभयो। आफ्नै आँखाअघि सहकर्मी गुमाउनु परेको र कतिपय सहकर्मी बेपत्ता भएको घटनाले अझै झस्काइरहेको उहाँले बताउनुभयो।

भदौ १० गते आएको बाढीमा परी रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना राष्ट्रसेवक कर्मचारी बेपत्ता भएका थिए। तीमध्ये भन्सार अधिकृत नवकुल शर्माको शव गोरखामा फेला परेको थियो। उहाँको पशुपतिमा अन्तिम संस्कार गरिएको थियो। बाँकी १४ जना कर्मचारीको अवस्था अझै अज्ञात रहेको विभागले जनाएको छ।

विभागका अनुसार बेपत्ता कर्मचारीहरूमा भीम लामा, विष्णुप्रसाद भुसाल, दिनेशकुमार घिमिरे, अनिता पुरी, हरिबहादुर खड्का, राजेन्द्रकुमार सोनकर, विमल त्रिपाठी, गोविन्दबहादुर अधिकारी, नरेशदत्त जोशी, प्रेम सेढाइ, राजु ओली, विकास तामाङ, रामबहादुर नेपाली र सुनिल गुरुङ रहेका छन्।

बेपत्ता कर्मचारीहरूको अवस्था पहिल्याउन भन्सार विभागले विशेष टोली गठन गरी खोजी कार्यमा परिचालन गरेको जनाएको छ।

Post Content Bottom Advertisement
यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार नेपाली मनोरञ्जन क्षेत्रमा डिजिटल रूपान्तरण, नयाँ पुस्ताको प्रभाव बढ्दो पछिल्लो समाचार भोटेकोशीको विपत्ति विश्वमै असामान्य, उद्धारमा ठूलो चुनौती रहेको प्रोफेसर आर्नोल्ड डिक्सको भनाइ
Online Pati News
Online Pati News