सोमबार, २६ आश्विन २०८३ काठमाडौं 20:05:09
सत्य • तथ्य • विश्वसनीय
BREAKING
बुढीगण्डकी बाढीपछि विद्युत् मर्मत तीव्र, आरुघाटका सबै क्षेत्रमा लाइन जोड्ने प्रयास ✦ उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ बुढीगण्डकी बाढीपछि विद्युत् मर्मत तीव्र, आरुघाटका सबै क्षेत्रमा लाइन जोड्ने प्रयास ✦ उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦
१ महिना अगाडि
Post Header Advertisement
समाचार राजनीति

५ दिनमै एक्रो ब्रिज तयार, भदौ 26 बाट सञ्चालनमा आउँदै

समाचार सुन्नुहोस् (Listen to News)
५ दिनमै एक्रो ब्रिज तयार, भदौ 26 बाट सञ्चालनमा आउँदै
५ दिनमै एक्रो ब्रिज तयार, भदौ  26 बाट  सञ्चालनमा आउँदै
५ दिनमै एक्रो ब्रिज तयार, भदौ 26 बाट सञ्चालनमा आउँदै
Post Content Top Advertisement
नुवाकोट । बाढीका कारण पुल क्षतिग्रस्त भएपछि आवागमनमा समस्या भोगिरहेका नुवाकोटवासीलाई अब राहत मिल्ने भएको छ। नेपाली सेनाले पाँच दिनअघि सुरु गरेको एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको छ। उक्त पुल पर्सिबाट सञ्चालनमा आउने भएको हो। छोटो समयमै पुल निर्माण सम्पन्न भएपछि गृहमन्त्री सुधन गुरुङले नेपाली सेनालाई धन्यवाद दिएका छन्। बाढीबाट प्रभावित नागरिकको समस्यालाई ध्यानमा राख्दै सेनाले रातदिन नभनी काम गरेर पुल तयार पारेको भन्दै उनले प्रशंसा गरेका हुन्। बाढीका कारण पुल र सडक सम्पर्क प्रभावित हुँदा स्थानीयवासीले दैनिक आवतजावतदेखि अत्यावश्यक सामग्री ओसारपसारसम्ममा सास्ती खेप्दै आएका थिए। पुल सञ्चालनमा आएपछि प्रभावित क्षेत्रको आवागमन सहज हुने अपेक्षा गरिएको छ। पुल निर्माण तथा जडानमा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको पनि निरन्तर सक्रियता रहेको थियो। सम्बन्धित निकायसँग समन्वय गर्दै कामलाई तीव्रता दिइएको बताइएको छ। रसुवामा आएको विनाशकारी बाढीले विभिन्न स्थानका पुल बगाएपछि नुवाकोट, रसुवा लगायतका क्षेत्रमा यातायात सम्पर्क प्रभावित भएको थियो। अब प्रभावित क्षेत्रको आवागमन थप सहज बनाउन बेत्रावतीमा समेत नेपाली सेनाले ब्रिज निर्माण गर्ने योजना बनाएको छ। बाढीबाट क्षतिग्रस्त पूर्वाधारलाई प्राथमिकताका साथ पुनःस्थापना गर्ने कामलाई निरन्तरता दिइने जनाइएको छ। #onlinepatinews #Nuwakot #NepalArmy #FloodUpdate
Post Content Middle In-Article Ad
Post Content Bottom Advertisement
यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार बाढीले क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्कको पहिलो चरणको सेवा पुनःसञ्चालन सम्पन्न पछिल्लो समाचार विद्युत् तार छुँदा घाइते रश्मीलाई १३ लाख ८१ हजार क्षतिपूर्ति
Online Pati News
Online Pati News