सोमबार, २६ आश्विन २०८३ काठमाडौं 19:18:11
सत्य • तथ्य • विश्वसनीय
BREAKING
उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦ उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦
१ महिना अगाडि
Post Header Advertisement
समाचार राजनीति

भदौको करदाता प्रोत्साहन पुरस्कार असोज १ गते घोषणा, ३३ जनाले पाउने

समाचार सुन्नुहोस् (Listen to News)
भदौको करदाता प्रोत्साहन पुरस्कार असोज १ गते घोषणा, ३३ जनाले पाउने
भदौको करदाता प्रोत्साहन पुरस्कार असोज १ गते घोषणा, ३३ जनाले पाउने
भदौको करदाता प्रोत्साहन पुरस्कार असोज १ गते घोषणा, ३३ जनाले पाउने
Post Content Top Advertisement
भदौको करदाता प्रोत्साहन पुरस्कार असोज १ गते घोषणा, ३३ जनाले पाउने काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगित भएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रमको पुरस्कार असोज १ गते घोषणा हुने भएको छ। आन्तरिक राजस्व विभागले भदौ महिनाका लागि ३३ जना विजेता छनोट गर्ने तयारी गरेको छ। जसमा दुई जनाले जनही १० लाख रुपैयाँ र ३१ जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन्। करदातालाई बिल लिन तथा कर तिर्ने प्रणालीमा अभ्यस्त गराउने उद्देश्यले नयाँ आर्थिक वर्षको बजेटमार्फत सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम ल्याएको हो। साउन १ गतेदेखि सुरु भएको कार्यक्रमअन्तर्गत भदौ १६ गते पुरस्कार घोषणा गर्ने तयारी भए पनि भोटेकोशी बाढीपछि उत्पन्न विपत्तिका कारण कार्यक्रम स्थगित गरिएको थियो। आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार भदौ महिनाको पुरस्कार असोज १ गते घोषणा गर्ने तयारी भइरहेको छ। विभागका अनुसार भदौ १ देखि १५ गतेसम्म बिल–बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु खरिद गरेका उपभोक्तामध्ये दैनिक एक जनाका दरले १५ जना विजेता छनोट हुनेछन्। उनीहरूले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन्। यही अवधिका उपभोक्तामध्येबाट एक जनालाई १० लाख रुपैयाँको बम्पर प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी, भदौ १६ देखि ३१ गतेसम्मका १६ दिनका लागि दैनिक एक जनाका दरले थप १६ जना विजेता छनोट हुनेछन्। उनीहरूले पनि जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पाउनेछन्। सो अवधिका कारोबारमा संलग्न उपभोक्तामध्येबाट थप एक जनालाई १० लाख रुपैयाँको बम्पर पुरस्कार दिइनेछ। यसरी असोज १ गते भदौ महिनाका लागि १ लाख ३३ हजार ३३४ रुपैयाँका ३१ जना र १० लाख रुपैयाँका दुई जना गरी ३३ जना विजेता घोषणा हुनेछन्। पुरस्कारका लागि योग्य हुन उपभोक्ताले १०० रुपैयाँभन्दा बढीको वस्तु खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्नेछ। कारोबार गर्दा सकेसम्म अनलाइन भुक्तानी गर्न विभागले आग्रह गरेको छ। अनलाइनमार्फत गरिएको कारोबार स्वतः करदाता प्रोत्साहन प्रणालीमा समावेश हुने विभागले जनाएको छ। नगदमा कारोबार गरेर सक्कली बिल लिएका उपभोक्ताले भने आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन पुरस्कार पोर्टलमा गई बिल अपलोड गरेर उपहार कुपन लिनुपर्नेछ। भदौ १ देखि १५ गतेसम्म बिल लिएका उपभोक्ताले भदौ १५ गतेसम्म बिल प्रणालीमा दर्ता गरी कुपन लिइसकेको हुनुपर्नेछ। भदौ १६ देखि ३१ गतेसम्म बिल लिएका उपभोक्ताले भने भदौ मसान्तको राति १२ बजेसम्म बिल दर्ता गरी कुपन प्राप्त गरिसकेको हुनुपर्ने विभागले जनाएको छ। पुरस्कार रकममा २५ प्रतिशत कर लाग्नेछ। त्यसअनुसार १ लाख ३३ हजार ३३४ रुपैयाँको पुरस्कार जित्नेले कर कटाएर १ लाख रुपैयाँ र १० लाख रुपैयाँको बम्पर पुरस्कार जित्नेले कर कटाएर ७ लाख ५० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्। यसअघि साउन महिनामा पनि ३३ जनाले करदाता प्रोत्साहन पुरस्कार जितेका थिए। साउन महिनाका विजेता छनोट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गर्नुभएको थियो। #TaxpayerIncentive #InlandRevenue #NepalTax #TaxAwareness
Post Content Middle In-Article Ad
Post Content Bottom Advertisement
यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार कार्यक्षेत्रमा घाइते कर्मचारीलाई क्षतिपूर्ति तथा उपचार खर्च उपलब्ध गराउने निर्णय पछिल्लो समाचार शिक्षामन्त्रीको स्पष्टीकरण : ‘लखेटिए’ भनिएको घटना गलत ढंगले प्रस्तुत गरिएको दाबी
Online Pati News
Online Pati News