आइतबार, २५ आश्विन २०८३ काठमाडौं 23:54:20
सत्य • तथ्य • विश्वसनीय
BREAKING
उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦ उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦
४ हप्ता अगाडि
Post Header Advertisement
समाचार राजनीति शिक्षा तथा स्वास्थ्य

शिक्षामन्त्रीको स्पष्टीकरण : ‘लखेटिए’ भनिएको घटना गलत ढंगले प्रस्तुत गरिएको दाबी

समाचार सुन्नुहोस् (Listen to News)
शिक्षामन्त्रीको स्पष्टीकरण : ‘लखेटिए’ भनिएको घटना गलत ढंगले प्रस्तुत गरिएको दाबी
शिक्षामन्त्रीको स्पष्टीकरण : ‘लखेटिए’ भनिएको घटना गलत ढंगले प्रस्तुत गरिएको दाबी
शिक्षामन्त्रीको स्पष्टीकरण : ‘लखेटिए’ भनिएको घटना गलत ढंगले प्रस्तुत गरिएको दाबी
Post Content Top Advertisement
शिक्षामन्त्रीले मधेश प्रदेशमा शिक्षा सुधारका लागि सुझाव संकलन गर्ने क्रममा आफूहरूलाई ‘लखेटिएको’ भन्दै फैलाइएको समाचारप्रति स्पष्टीकरण दिएका छन्। मन्त्रीका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि विद्यार्थी, शिक्षक र अभिभावकका सुझाव लिन आफूहरू मधेश प्रदेशका विभिन्न जिल्ला तथा विद्यालय र क्याम्पसमा पुगिरहेका छन्। विद्यालय शिक्षालाई थप व्यवहारिक, सीपमूलक र समयसापेक्ष बनाउने उद्देश्यले आगामी शैक्षिक सत्रदेखि ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ जस्ता अवधारणा कार्यान्वयन गर्ने विषयमा समेत प्रत्यक्ष छलफल भइरहेको उनले बताएका छन्। सिरहा र सप्तरीमा आयोजित अन्तरक्रियामा १०० भन्दा बढी सरोकारवालाको सहभागिता रहेको र धेरैभन्दा धेरै व्यक्तिका सुझाव सुन्ने प्रयास गरिएको मन्त्रीको भनाइ छ। तर, दुई जना व्यक्तिले आएर हल्ला गरेपछि कार्यक्रम प्रभावित हुने अवस्था बनेकाले आफूहरू कार्यक्रमस्थलबाट बाहिरिएको उनले स्पष्ट पारेका छन्। मन्त्रीले उक्त घटनाको एक मिनेटभन्दा छोटो भिडियो क्लिप काटेर सामाजिक सञ्जालमा राखी सम्पूर्ण घटनाको सन्दर्भ नै बङ्ग्याइएको दाबी गरेका छन्। लोकतान्त्रिक व्यवस्थामा असहमति राख्ने अधिकार सबैलाई भए पनि छोटो भिडियोका आधारमा धारणा बनाउन नहुने उनको भनाइ छ। घटनापछि पनि शिक्षा सुधारसम्बन्धी काम नरोकिएको बताउँदै मन्त्रीले सिरहास्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गरिएको जानकारी दिएका छन्। उनका अनुसार एकै दिन करिब ८ देखि १० वटा विद्यालयमा पुगेर सुझाव संकलन गरिएको छ। टोली भोलि सप्तरी हुँदै मोरङतर्फ जानेछ। मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभाव र शिक्षाका क्षेत्रमा भइरहेका कामप्रति असन्तुष्टि राख्नेहरूले भ्रम फैलाएको हुन सक्ने मन्त्रीको टिप्पणी छ। आफूहरू राजनीतिक स्टन्टका लागि नभई ग्राउन्डमै पुगेर शिक्षा क्षेत्रमा वास्तविक परिवर्तन ल्याउने उद्देश्यले काम गरिरहेको उनले बताएका छन्। “हल्लाभन्दा काम ठूलो हो। हाम्रो काम र नियतको मूल्याङ्कन जनता स्वयंले गर्नेछन्,” मन्त्रीले भनेका छन्। #onlinepatinews #Education #Madhesh #NepalNews
Post Content Middle In-Article Ad
Post Content Bottom Advertisement
यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार भदौको करदाता प्रोत्साहन पुरस्कार असोज १ गते घोषणा, ३३ जनाले पाउने पछिल्लो समाचार रसुवा–भोटेकोशी बाढीपछि खोज तथा उद्धारलाई निष्कर्षमा पुर्‍याउने तयारी
Online Pati News
Online Pati News