सोमबार, २६ आश्विन २०८३ काठमाडौं 18:29:28
सत्य • तथ्य • विश्वसनीय
BREAKING
उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦ उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦
४ हप्ता अगाडि
Post Header Advertisement
समाचार राजनीति बागमती प्रदेश

रसुवा–भोटेकोशी बाढीपछि खोज तथा उद्धारलाई निष्कर्षमा पुर्‍याउने तयारी

समाचार सुन्नुहोस् (Listen to News)
रसुवा–भोटेकोशी बाढीपछि खोज तथा उद्धारलाई निष्कर्षमा पुर्‍याउने तयारी
रसुवा–भोटेकोशी बाढीपछि खोज तथा उद्धारलाई निष्कर्षमा पुर्‍याउने तयारी
रसुवा–भोटेकोशी बाढीपछि खोज तथा उद्धारलाई निष्कर्षमा पुर्‍याउने तयारी
Post Content Top Advertisement
रसुवा–भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र रसुवा, नुवाकोट तथा धादिङका जिल्ला कमाण्ड पोष्टबीच छलफल भएको छ। भर्चुअल माध्यमबाट भएको छलफलमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले खोज, उद्धार तथा राहतका क्रममा देखिएका पछिल्ला चुनौतीबारे जानकारी गराएका छन्। प्रभावित परिवारलाई तत्काल बसोबास तथा जीविकोपार्जनका लागि राहत उपलब्ध गराउने नीतिगत व्यवस्था र पुनर्निर्माणको काम अघि बढाउने विषयमा समेत छलफल भएको छ। छलफलमा खोज तथा उद्धारको समयसीमा निर्धारण गर्नुपर्ने, सम्पर्कविहीन बनेका बस्तीहरूबीचको **कनेक्टिभिटी तत्काल पुनर्स्थापना गर्नुपर्ने**, स्थानीयको मागअनुसार बाढीले थुपारेको गेगर तथा डेब्रिस व्यवस्थापन गर्नुपर्ने र पुनर्निर्माण गर्दा सडक तथा अन्य पहुँचसँगै स्थानीयको जीविकोपार्जनलाई प्राथमिकता दिनुपर्ने विषय उठाइएको थियो। केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्टका अध्यक्ष एवं प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको अध्यक्षतामा भएको बैठकले नियमित रूपमा विस्तारित बैठक तथा छलफल गर्दै पछिल्ला चुनौती समाधान गर्ने निर्णय गरेको छ। खोज, उद्धार तथा राहतलाई निष्कर्षमा पुर्‍याउँदै प्रभावितका लागि अस्थायी आवासको व्यवस्था गर्ने र त्यसपछि स्थायी पुनर्निर्माणतर्फ अघि बढ्ने विषयमा समेत छलफल भएको छ। #onlinepatinews #RasuwaFlood #FloodRescue #NepalDisaster #Reconstruction
Post Content Middle In-Article Ad
Post Content Bottom Advertisement
यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार शिक्षामन्त्रीको स्पष्टीकरण : ‘लखेटिए’ भनिएको घटना गलत ढंगले प्रस्तुत गरिएको दाबी पछिल्लो समाचार रसुवा बाढीपीडितको पुनःस्थापनामा प्रधानमन्त्री शाहको प्रतिबद्धता : ‘स्रोतको कुनै कमी हुन दिँदैनौँ’
Online Pati News
Online Pati News