कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए मौसमको अवस्था र विपद् पूर्वतयारीबारे जानकारी
कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले यस साताको मौसमी अवस्था र सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि भइरहेका पूर्वतयारीबारे जानकारी लिएका छन्।
बुधबार अर्थ मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती र मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठसँग छलफल गर्दै वाग्लेले मौसमी प्रक्षेपण र सम्भावित जोखिमबारे जानकारी लिएका हुन्।
महानिर्देशक श्रेष्ठका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली (डीप डिप्रेसन) र मनसुनी वायुको सक्रियताका कारण नेपालभर उच्च सतर्कता अपनाइएको छ।
प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले चौबिसै घण्टा सूचना डेस्क सञ्चालनमा रहेको तथा सम्भावित जोखिम रहेका जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात र पूर्वाधारलगायत सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिए।
छलफलका क्रममा आइतबारदेखि मौसममा क्रमिक सुधार हुने अनुमानसमेत गरिएको छ।
#onlinepatinews #मौसम #स्वर्णिमवाग्ले #विपदजोखिम

