आइतबार, २५ आश्विन २०८३ काठमाडौं 03:45:18
सत्य • तथ्य • विश्वसनीय
BREAKING
उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦ उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦
१ दिन अगाडि
Post Header Advertisement

कानुनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता

समाचार सुन्नुहोस् (Listen to News)
कानुनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता
Post Content Top Advertisement

काठमाडौँ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–इन्जा (Ms. Francoise Puig-Unza) ले सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ।

Post Content Middle In-Article Ad

शुक्रबार भएको भेटमा राजदूत इन्जाले भोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गर्दै फ्रान्सले उपलब्ध गराएको मानवीय सहायताको स्मरण गराउनुभयो। साथै यस्ता प्राकृतिक विपत्तिले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु परिवर्तनको गम्भीर असरबारे सचेत गराएको उहाँले उल्लेख गर्नुभयो। जलवायु संकटको जोखिम विश्वव्यापी रहेकाले विधिको शासन र बहुपक्षीयतामा विश्वास राख्ने मुलुकहरूले आ-आफ्नो अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न गम्भीर हुनुपर्नेमा राजदूत इन्जाले जोड दिनुभयो।

भेटका क्रममा दुई देशबीच पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता प्रक्रियालाई चाँडो अघि बढाउने विषयमा पनि छलफल भएको छ। कानुन मन्त्रालय यसको केन्द्रीय निकाय भएकाले आवश्यक सहजीकरण तीव्र बनाउन दुवै पक्ष सहमत भएका छन्।

त्यस्तै, नेपालको हवाई उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप नियामक र सेवा प्रदायक गरी दुई छुट्टाछुट्टै निकायमा रूपान्तरण गर्न संसद्‌मा दर्ता गरिएको विधेयकबारे पनि कुराकानी भएको थियो। राजदूत इन्जाले युरोपेली युनियनको हवाई सुरक्षा कालोसूची (एयर सेफ्टी लिस्ट) बाट हट्न नेपाल सरकारले चालेका कानुनी तथा नीतिगत कदमहरूको प्रशंसा गर्नुभयो।

भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आगामी दिनमा पनि प्रभावकारी समन्वय जारी राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ। भेटवार्तामा कानुन तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको समेत उपस्थिति थियो।

#onlinepatinews #SobitaGautam #NepalFrance #DiplomacyNepal

Post Content Bottom Advertisement
यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार करदाता प्रोत्साहन कार्यक्रम: उपभोक्तासँगै अब विक्रेता व्यवसायीलाई पनि नगद पुरस्कार दिइने काठमाडौँ । पछिल्लो समाचार बूढीगण्डकीमा आएको बाढीले ठूलो क्षति पुर्‍याएपछि गगन थापाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न आग्रह
Online Pati News
Online Pati News