सोमबार, २६ आश्विन २०८३ काठमाडौं 09:19:42
सत्य • तथ्य • विश्वसनीय
BREAKING
उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦ उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦
१ महिना अगाडि
Post Header Advertisement
अर्थतन्त्र

केरा, धनियाँ, एभोकाडो लगायतको आयातमा रोक, आँप ‘हट वाटर ट्रिटमेन्ट’ पछिमात्रै नेपाल आउन पाउने

समाचार सुन्नुहोस् (Listen to News)
केरा, धनियाँ, एभोकाडो लगायतको आयातमा रोक, आँप ‘हट वाटर ट्रिटमेन्ट’ पछिमात्रै नेपाल आउन पाउने
Post Content Top Advertisement

काठमाडौं — नेपाल सरकारले जैविक सुरक्षा (बायोसेक्युरिटी) सम्बन्धी मापदण्ड कडा बनाउँदै विभिन्न कृषिजन्य वस्तुको आयातमा रोक लगाएको छ। आयातित उत्पादनमा हानिकारक रोग तथा कीराको जोखिम फेला परेपछि केरा, धनियाँ र एभोकाडोको आयात रोकिएको हो।

सरकारका अनुसार भारतको केरला राज्यबाट आउने केरामा ‘पनामा रोग’को जोखिम, चीनबाट आयातित धनियाँमा हानिकारक किरा तथा युगान्डाबाट आयात गरिएको एभोकाडोमा ‘फाइटोप्थोरा पाल्मिभोरा’ रोग भेटिएपछि आयात अनुमतिपत्र जारी गर्न बन्द गरिएको छ।

Post Content Middle In-Article Ad

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले यस्ता रोग तथा कीराले नेपालकै कृषि उत्पादनमा गम्भीर असर पार्न सक्ने निष्कर्ष निकालेको जनाएको छ। विशेषगरी एभोकाडोमा भेटिएको रोगले बिरुवाको जरा, डाँठ र फलमा क्षति पुर्‍याएर सम्पूर्ण बोट नष्ट गर्न सक्ने जोखिम रहेको बताइएको छ।

यसैबीच, विदेशबाट आयात हुने आँप भने अनिवार्य रूपमा ‘हट वाटर ट्रिटमेन्ट’ (तातो पानी उपचार) प्रक्रिया पूरा गरेपछि मात्र नेपाल भित्र्याउन पाइने व्यवस्था गरिएको छ। यस कदमले फलफूलमार्फत रोग तथा कीरा नेपाल भित्रिन नदिन सहयोग पुग्ने सरकारी विश्वास छ।

सरकारले जैविक सुरक्षा मापदण्ड पालना नभएसम्म सम्बन्धित वस्तुको आयात नखुल्ने संकेत दिएको छ।

Post Content Bottom Advertisement
यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार निजी क्षेत्रलाई डर र त्रासमा राखेर व्यापार गर्ने वातावरण बन्न दिन हुँदैन : रवि लामिछाने पछिल्लो समाचार मौसमी रोगको जोखिम बढ्दै, स्वास्थ्य प्रणालीमा दबाब बढ्ने संकेत
Online Pati News
Online Pati News