सोमबार, २६ आश्विन २०८३ काठमाडौं 20:07:48
सत्य • तथ्य • विश्वसनीय
BREAKING
बुढीगण्डकी बाढीपछि विद्युत् मर्मत तीव्र, आरुघाटका सबै क्षेत्रमा लाइन जोड्ने प्रयास ✦ उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ बुढीगण्डकी बाढीपछि विद्युत् मर्मत तीव्र, आरुघाटका सबै क्षेत्रमा लाइन जोड्ने प्रयास ✦ उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦
१ महिना अगाडि
Post Header Advertisement
अर्थतन्त्र

निजी क्षेत्रलाई डर र त्रासमा राखेर व्यापार गर्ने वातावरण बन्न दिन हुँदैन : रवि लामिछाने

समाचार सुन्नुहोस् (Listen to News)
निजी क्षेत्रलाई डर र त्रासमा राखेर व्यापार गर्ने वातावरण बन्न दिन हुँदैन : रवि लामिछाने
Post Content Top Advertisement
समाचार

निजी क्षेत्रलाई डर र त्रासमा राखेर व्यापार गर्ने वातावरण बन्न दिन हुँदैन : रवि लामिछाने

समाचार पढिँदैछ...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निजी क्षेत्रलाई डर र त्रासमा राखेर व्यापार–व्यवसाय गर्ने वातावरण बन्न नहुने बताएका छन्।

शनिबार साँझ काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले कुनै व्यवसायीले व्यापार–व्यवसायका क्रममा कानुनविपरीत काम गरेको भए त्यसलाई आर्थिक अपराधका रूपमा हेर्नुपर्ने धारणा राखे।

Post Content Middle In-Article Ad

उनले निजी क्षेत्रका केही व्यवसायी डराएको र आत्तिएको आफूले महसुस गरेको भन्दै कुनै पनि व्यवसायीलाई अन्य अपराधीजस्तो ‘कतिबेला थुन्ला’ भन्ने त्रासमा राख्न नहुने बताए।

“कुनै पनि मानिसले काम गर्दा, व्यापार–व्यवसाय गर्दा केही गलत भएका रहेछन्, केही कुरा कानुनको दायरामा रहेनछन् भने त्यसलाई हेर्ने दृष्टिकोण आर्थिक अपराधका रूपमा हुनुपर्छ,” लामिछानेले भने।

रास्वपाको यस विषयमा स्पष्ट धारणा रहेको उल्लेख गर्दै उनले सरकारको समेत ध्यानाकर्षण गराए। व्यापार–व्यवसाय गर्ने व्यक्तिलाई डर र त्रासमा राखेर निजी क्षेत्र अघि बढ्न नसक्ने उनको भनाइ थियो।

लामिछानेले विगतका सरकार र नेतृत्वलाई दोष दिएर आफूहरू उम्किन नखोज्ने स्पष्ट पारे। अब देश सञ्चालनको जिम्मेवारी आफ्नो नेतृत्वमा आएको भन्दै उनले सरकारको कामको जिम्मेवारी पनि आफूहरूले नै लिनुपर्ने बताए।

“हिजो कसले कति वर्ष शासन गर्‍यो, को कति वर्ष मन्त्री भयो, कसको पार्टीले सरकार बनायो भनेर दोषी खोज्दै हिँड्नेमा म छैन । अब ब्लेम हाम्रैमा आउँछ,” उनले भने।

उनले विगतको राजनीतिक परिस्थिति र अहिलेको परिस्थिति फरक रहेको बताए। संविधान निर्माण तथा राजनीतिक परिवर्तनको चरणमा अघिल्लो पुस्ताका नेतृत्वले आफ्नो क्षमताअनुसार काम गरेको भन्दै अब देश युवा नेतृत्वको हातमा आएको उनको भनाइ थियो।

लामिछानेले सरकारले आफूले गरेका प्रतिबद्धता पूरा गर्न निरन्तर काम गर्ने दाबी गरे। सरकार गठन भएको चार महिनामै सम्पूर्ण मूल्यांकन गर्नु उचित नहुने भए पनि यस अवधिमा केही सकारात्मक संकेत देखाउन सक्नुपर्ने अपेक्षा आफूहरूले बुझेको उनले बताए।

सरकारको यात्रालाई विमानसँग तुलना गर्दै उनले बीचमा आउने समस्यालाई ‘टर्बुलेन्स’को संज्ञा दिए। केही समय समस्या आए पनि सरकारलाई गन्तव्यसम्म पुर्‍याउने जिम्मेवारीबाट आफूहरू पछि नहट्ने उनको भनाइ थियो।

उनले सरकार आफ्नो लक्ष्य र प्रतिबद्धताबाट विचलित भए राजनीतिक पार्टीका रूपमा रास्वपाले सरकारलाई सच्याउन सक्ने क्षमता राख्ने बताए।

“सरकारले काम गरेन भने हामीसँग राजनीतिक पार्टी छ । बाटो बिरायो भने सरकारलाई जतिबेला पनि कान समाउने क्षमता राजनीतिक पार्टीले राख्छ,” लामिछानेले भने।

सरकारलाई सही बाटोमा हिँडाउन आवश्यक परे पार्टीले हस्तक्षेप गर्ने संकेत गर्दै उनले सरकार ‘लिक’बाट बाहिर गए पुनः सही बाटोमा ल्याउने बताए।

कार्यक्रममा लामिछानेले सरकार र पार्टीभित्र राजनीतिक अस्थिरता तथा विवाद भएको भन्दै आउने गरेका हल्लालाई समेत खारेज गरे। यस्ता हल्लालाई गम्भीर रूपमा लिन नहुने भन्दै उनले ‘र्‍युमरहरू स्न्याक्स मात्रै हुन्’ भन्दै व्यंग्य गरे।

उनले आफूहरू कुनै एक व्यक्तिलाई गरेको वाचा पूरा गर्न नभई इतिहासलाई गरेको वाचा पूरा गर्न अघि बढेको बताए।

“हामीले एक मान्छेले अर्को मान्छेलाई प्रमिस गरेको होइन, हामीले हिस्ट्रीलाई प्रमिस गरेको हो,” लामिछानेले भने।

सरकारले आफ्नो लक्ष्यअनुसार काम गर्ने र प्रतिबद्धताबाट पछि नहट्ने दोहोर्‍याउँदै उनले देशलाई परिवर्तनको गन्तव्यमा पुर्‍याउने जिम्मेवारीबाट आफूहरू पछि नहट्ने बताए।

#onlinepatinews #RabiLamichhane #RSP #NepalPolitics

Post Content Bottom Advertisement
यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार चितवनको लटौली होटलले बालेन बसेको कोठालाई दियो ‘Prime Minister’s Room’ नाम पछिल्लो समाचार केरा, धनियाँ, एभोकाडो लगायतको आयातमा रोक, आँप ‘हट वाटर ट्रिटमेन्ट’ पछिमात्रै नेपाल आउन पाउने
Online Pati News
Online Pati News