सोमबार, २६ आश्विन २०८३ काठमाडौं 19:24:05
सत्य • तथ्य • विश्वसनीय
BREAKING
उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦ उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦
१ महिना अगाडि
Post Header Advertisement
प्रविधि

मेटाले मोदीको फेसबुक पोस्ट प्रतिबन्धित भएको घटनामा भारत सरकारसँग माग्यो माफी

समाचार सुन्नुहोस् (Listen to News)
मेटाले मोदीको फेसबुक पोस्ट प्रतिबन्धित भएको घटनामा भारत सरकारसँग माग्यो माफी
Post Content Top Advertisement
सूचना-प्रविधि

मेटाले मोदीको फेसबुक पोस्ट प्रतिबन्धित भएको घटनामा भारत सरकारसँग माग्यो माफी

समाचार पढिँदैछ...

मेटाले मोदीको फेसबुक पोस्ट प्रतिबन्धित भएको घटनामा भारत सरकारसँग माग्यो माफी

रोयटर्स, साउन २१ — सामाजिक सञ्जाल कम्पनी मेटा प्लेटफर्म्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक पोस्ट केही समयका लागि प्रतिबन्धित भएको घटनाप्रति भारत सरकारसँग औपचारिक रूपमा माफी मागेको छ।

Post Content Middle In-Article Ad

मेटाका प्रमुख ग्लोबल अफेयर्स अधिकारी जोएल काप्लानले बुधबार जारी गरेको वक्तव्यमा भारतका सूचना प्रविधिमन्त्रीसँग भेटेर कम्पनीका तर्फबाट क्षमायाचना गरिएको बताएका छन्। उनका अनुसार पोस्ट सीमित हुनु सञ्चालनसम्बन्धी त्रुटि (Operational Error) का कारण भएको हो।

गत जुलाईमा प्रधानमन्त्री मोदीको फेसबुक पोस्ट केही समयका लागि प्रतिबन्धित भएपछि भारतको सूचना तथा प्रविधि मन्त्रालयले मेटाका अधिकारीलाई स्पष्टीकरणका लागि बोलाएको थियो। त्यसबेला पनि मेटाले पोस्ट अनजानमा रोकिएको र त्यसमा कुनै नियोजित उद्देश्य नरहेको जनाएको थियो।

यसैबीच, भारतको हैदराबादमा मेटा इन्डियाका प्रमुख अरुण श्रीनिवासविरुद्ध प्रधानमन्त्री मोदीलाई अपमानजनक रूपमा चित्रण गरिएको भनिएको फेसबुक भिडियोसम्बन्धी मुद्दा पनि दर्ता गरिएको छ।

यी घटनाहरू भारतमा प्रश्नपत्र चुहावटविरुद्ध भएको व्यापक युवा आन्दोलन र प्रधानमन्त्री मोदीमाथि सामाजिक सञ्जालमा बढेको आलोचनाका बीच सार्वजनिक भएका हुन्। पछिल्ला महिनाहरूमा मोदीसँग सम्बन्धित सामग्रीको व्यवस्थापनलाई लिएर मेटा र भारत सरकारबीच तनाव देखिँदै आएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले पनि भारत सरकारका अधिकारीहरूसँगको भेटमा बाल यौन शोषणसम्बन्धी सामग्री, डीपफेक तथा अन्य सञ्चालनसम्बन्धी कमजोरीबारे दुःख व्यक्त गरेका छन्। यद्यपि यसबारे मेटाले तत्काल औपचारिक प्रतिक्रिया दिएको छैन।

यसअघि भारत सरकारले इन्स्टाग्राममा बाल यौन शोषणसम्बन्धी सामग्री प्रवर्द्धन गर्ने विज्ञापन तथा पोस्ट हटाउन मेटालाई निर्देशन दिएको थियो। त्यसबेला मेटाले यस्ता सामग्रीप्रति ‘शून्य सहनशीलता’ (Zero Tolerance) को नीति अपनाएको र त्यस्ता सामग्री पत्ता लगाउने प्रणालीलाई थप सुदृढ बनाइरहेको जनाएको थियो।

#onlinepatinews #Meta #India #NarendraModi

Post Content Bottom Advertisement
यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार मौसमी रोगको जोखिम बढ्दै, स्वास्थ्य प्रणालीमा दबाब बढ्ने संकेत पछिल्लो समाचार प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण: सञ्चारकर्मीलाई अवरोध नभएको दाबी
Online Pati News
Online Pati News