सोमबार, २६ आश्विन २०८३ काठमाडौं 20:05:08
सत्य • तथ्य • विश्वसनीय
BREAKING
बुढीगण्डकी बाढीपछि विद्युत् मर्मत तीव्र, आरुघाटका सबै क्षेत्रमा लाइन जोड्ने प्रयास ✦ उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ बुढीगण्डकी बाढीपछि विद्युत् मर्मत तीव्र, आरुघाटका सबै क्षेत्रमा लाइन जोड्ने प्रयास ✦ उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦
१ महिना अगाडि
Post Header Advertisement
समाचार राजनीति

विपद् पीडितलाई होच्याउने आफ्नै पार्टीका सदस्यलाई पनि कारबाही गर्छौं : रवि लामिछाने

समाचार सुन्नुहोस् (Listen to News)
विपद् पीडितलाई होच्याउने आफ्नै पार्टीका सदस्यलाई पनि कारबाही गर्छौं : रवि लामिछाने
भिडियो समाचार — विपद् पीडितलाई होच्याउने आफ्नै पार्टीका सदस्यलाई पनि कारबाही गर्छौं : रवि लामिछाने
Post Content Top Advertisement

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढी, पहिरो तथा अन्य विपद्बाट पीडित नागरिकमाथि सामाजिक सञ्जालमा अमानवीय र अपमानजनक टिप्पणी गर्ने आफ्नै पार्टीका सदस्यलाई समेत कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

प्रतिनिधिसभामा बोल्दै लामिछानेले विपद्मा परेका नागरिकको पीडामाथि मजाक गर्ने, व्यंग्य गर्ने वा होच्याउने प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य नहुने बताए। उनका अनुसार राजनीतिक विचार र समर्थनभन्दा माथि उठेर विपद्को समयमा मानवीय संवेदना र पीडितप्रतिको सम्मानलाई प्राथमिकता दिनुपर्छ।

Post Content Middle In-Article Ad

लामिछानेले रास्वपालाई विपद् पीडितको पीडामाथि व्यंग्य गर्ने ‘अन्ध समर्थक’ आवश्यक नरहेको बताए। पार्टीलाई संकटमा परेका नागरिकको पक्षमा उभिने र कठिन अवस्थामा साथ दिने जिम्मेवार सदस्य आवश्यक रहेको उनको भनाइ थियो।

उनले पार्टीको कुनै पनि तहका सदस्य वा पदाधिकारी साइबर बुलिङ, पीडितको अपमान वा मानवीय संवेदनाविपरीत गतिविधिमा संलग्न भएको प्रमाणित भए तत्काल कारबाही गरिने स्पष्ट पारे।

त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सकिने लामिछानेले चेतावनी दिए।

बाढी तथा अन्य विपद्का बेला सामाजिक सञ्जालमा पीडितलाई लक्षित गरी हुने अमानवीय टिप्पणीप्रति आपत्ति जनाउँदै लामिछानेले विपद्को समयमा राजनीति र आरोप–प्रत्यारोपभन्दा नागरिकको पीडा र मानवीय सहयोगलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएका छन्।

#onlinepatinews #RabiLamichhane #RSP #NepalPolitics

Post Content Bottom Advertisement
यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार विद्युत् तार छुँदा घाइते रश्मीलाई १३ लाख ८१ हजार क्षतिपूर्ति पछिल्लो समाचार कार्यक्षेत्रमा घाइते कर्मचारीलाई क्षतिपूर्ति तथा उपचार खर्च उपलब्ध गराउने निर्णय
Online Pati News
Online Pati News