नेपालमै छोटो समयमा विद्यावारिधि पुरा: गणित विषयमा डा: शंकर परिवारले रचे इतिहास
समाचार सुन्नुहोस् (Listen to News)
नेपालमै छोटो समयमा विद्यावारिधि पुरा: गणित विषयमा डा: शंकर परिवारले रचे इतिहास
तनहुँ जिल्लाको भानु नगरपालिका वडा नम्बर ७, वसन्तपुरका शंकर परियारले गणित विषयमा सफलतापूर्वक विद्यावारिधि (PhD) उपाधि हासिल गर्नुभएको छ।
उहाँले गणित संकाय अन्तर्गत 'A Fractional Calculus Model for Anomalous Diffusion in the Atmosphere' शीर्षकमा आफ्नो अनुसन्धान पूरा गर्नुभएको हो। नेपालकै इतिहासमा सबैभन्दा छोटो समयमा विद्यावारिधि शोधकार्य पूरा गरेर उहाँले एक उत्कृष्ट उपलब्धि हासिल गर्नुभएको छ।
वातावरणीय विज्ञान र गणितको महत्वपूर्ण विषयमा गरिएको यो अध्ययनले शैक्षिक क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ। डा. शंकर परियारलाई यो ऐतिहासिक सफलताको लागि हार्दिक बधाई तथा आगामी उज्ज्वल भविष्यको शुभकामना!
#onlinepatinews #DrShankarPariyar #PhdAchievement #NepalNews

