सञ्चारमन्त्री तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट। काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ कम्युनिकेसन्स (ओएफसीओएम) की वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटमा नेपाल र स्विट्जरल्यान्डबीच सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सहकार्य तथा सहयोग विस्तार गर्ने विषयमा छलफल भएको थियो। मन्त्री तिमिल्सिनाले विभिन्न क्षेत्रमा स्विट्जरल्यान्ड सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सूचना प्रविधिसहितका क्षेत्रमा सहकार्य थप विस्तार गर्न नेपाल इच्छुक रहेको बताउनुभयो। भेटका क्रममा **डिजिटल सुरक्षा, डिजिटल सार्वभौमिकता, डिजिटल अखण्डता** तथा सूचना प्रविधिको विकासबाट नेपालले लिन सक्ने लाभका विषयमा समेत छलफल भएको थियो। मन्त्री तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै सूचना प्रविधिको क्षेत्रमा पर्याप्त लगानी भित्र्याउन आवश्यक वातावरण क्रमशः सहज बन्दै गएको बताउनुभयो। यसै क्रममा वरिष्ठ नीति सल्लाहकार लोइसले सन् २०२७ जुन २१ र २२ मा स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने **‘एआई ग्लोबल समिट २०२७’** मा नेपालको सहभागिताका लागि निमन्त्रणा दिनुभएको थियो। लोइसले सम्मेलनमा नेपाल सरकार तथा सम्बन्धित सरोकारवालाका प्राथमिकताबारे समेत जानकारी लिनुभएको थियो। एआईको विकास र प्रयोगसँग जोडिएका नीतिगत विषयमा नेपालका धारणा तथा प्राथमिकता सम्मेलनमा समेट्ने उद्देश्यले छलफल भएको बताइएको छ। भेटमा **‘फ्रिडम अनलाइन कोलिसन’** मा नेपालको सम्भावित सहभागिता तथा पर्यवेक्षकका रूपमा नेपालको भूमिकाबारे पनि छलफल भएको थियो। हाल ४२ सदस्य राष्ट्र आबद्ध रहेको उक्त गठबन्धनले इन्टरनेट स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता तथा अनलाइन अधिकारको प्रवद्र्धनका लागि सहकार्य गर्दै आएको छ।
काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ कम्युनिकेसन्स (ओएफसीओएम) की वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
भेटमा नेपाल र स्विट्जरल्यान्डबीच सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सहकार्य तथा सहयोग विस्तार गर्ने विषयमा छलफल भएको थियो।
मन्त्री तिमिल्सिनाले विभिन्न क्षेत्रमा स्विट्जरल्यान्ड सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सूचना प्रविधिसहितका क्षेत्रमा सहकार्य थप विस्तार गर्न नेपाल इच्छुक रहेको बताउनुभयो।
भेटका क्रममा **डिजिटल सुरक्षा, डिजिटल सार्वभौमिकता, डिजिटल अखण्डता** तथा सूचना प्रविधिको विकासबाट नेपालले लिन सक्ने लाभका विषयमा समेत छलफल भएको थियो।
मन्त्री तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै सूचना प्रविधिको क्षेत्रमा पर्याप्त लगानी भित्र्याउन आवश्यक वातावरण क्रमशः सहज बन्दै गएको बताउनुभयो।
यसै क्रममा वरिष्ठ नीति सल्लाहकार लोइसले सन् २०२७ जुन २१ र २२ मा स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने **‘एआई ग्लोबल समिट २०२७’** मा नेपालको सहभागिताका लागि निमन्त्रणा दिनुभएको थियो।
लोइसले सम्मेलनमा नेपाल सरकार तथा सम्बन्धित सरोकारवालाका प्राथमिकताबारे समेत जानकारी लिनुभएको थियो। एआईको विकास र प्रयोगसँग जोडिएका नीतिगत विषयमा नेपालका धारणा तथा प्राथमिकता सम्मेलनमा समेट्ने उद्देश्यले छलफल भएको बताइएको छ।
भेटमा **‘फ्रिडम अनलाइन कोलिसन’** मा नेपालको सम्भावित सहभागिता तथा पर्यवेक्षकका रूपमा नेपालको भूमिकाबारे पनि छलफल भएको थियो।
हाल ४२ सदस्य राष्ट्र आबद्ध रहेको उक्त गठबन्धनले इन्टरनेट स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता तथा अनलाइन अधिकारको प्रवद्र्धनका लागि सहकार्य गर्दै आएको छ।
Online Pati News
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।