आइतबार, २५ आश्विन २०८३ काठमाडौं 17:19:06
सत्य • तथ्य • विश्वसनीय
BREAKING
बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦ बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप १५ मिलियन डलर सहयोग गर्ने ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦ बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप १५ मिलियन डलर सहयोग गर्ने ✦
४ दिन अगाडि
Post Header Advertisement
समाचार राजनीति अर्थतन्त्र बिजनेस

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता

समाचार सुन्नुहोस् (Listen to News)
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता
Post Content Top Advertisement
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्राथमिकतामा राखेको **‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८३’** प्रतिनिधि सभामा दर्ता भएको छ। मन्त्रालयले मंगलबार उक्त विधेयक संसद् सचिवालयमा दर्ता गराएको हो। विधेयकले नवीकरणीय ऊर्जा प्रवद्र्धन र ऊर्जा दक्षतालाई एउटै कानुनी तथा संस्थागत संरचनामा समेट्दै ऊर्जा उत्पादन, उपयोग, बचत र खपतलाई एकीकृत रूपमा अघि बढाउने लक्ष्य राखेको छ। विधेयकमा नवीकरणीय ऊर्जाको पहिचान, विकास, विस्तार तथा प्रवद्र्धनसँगै ऊर्जा दक्षता अभिवृद्धि, ऊर्जा बचत तथा संरक्षण र ऊर्जा पहुँच विस्तारका लागि आवश्यक कानुनी व्यवस्था प्रस्ताव गरिएको छ। प्रस्तावित व्यवस्थाअनुसार हालको **वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र**को स्थानमा **‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता केन्द्र’** स्थापना गर्ने प्रस्ताव गरिएको छ। उक्त केन्द्रलाई नवीकरणीय ऊर्जाको विकास तथा विस्तारसँगै ऊर्जा दक्षता र संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन तथा समन्वय गर्ने प्रमुख संस्थागत संयन्त्रका रूपमा विकास गर्ने परिकल्पना गरिएको छ। विधेयकले ऊर्जा उत्पादनसँगै त्यसको प्रभावकारी उपयोग, दक्ष खपत र संरक्षणलाई पनि प्राथमिकता दिएको छ। सौर्य, वायु, जैविक तथा अन्य नवीन नवीकरणीय ऊर्जा स्रोतको विकासलाई प्रोत्साहन गर्दै ऊर्जा दक्ष प्रविधिको विस्तारमा जोड दिने प्रस्ताव गरिएको छ। विधेयक पारित भएर प्रभावकारी रूपमा कार्यान्वयन भएमा नवीकरणीय ऊर्जा उत्पादन, ऊर्जा दक्षता, ऊर्जा संरक्षण, आन्तरिक ऊर्जा खपत, निजी लगानी, नयाँ ऊर्जा प्रविधि, हरित उद्योग तथा कार्बन र जलवायु वित्तलाई एउटै ऊर्जा विकास चक्रमा जोड्ने कानुनी आधार तयार हुने अपेक्षा गरिएको छ। #RenewableEnergy #EnergyEfficiency #NepalEnergy #onlinepatinews
Post Content Middle In-Article Ad
Post Content Bottom Advertisement
यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार संवेदनशील सूचना चुहाउनेलाई गृहमन्त्री गुरुङको कडा चेतावनी : ‘कानूनको कठघरामा ल्याइनेछ’ पछिल्लो समाचार प्रेस काउन्सिल विधेयक : थप स्वायत्त र अधिकारसम्पन्न बन्दै, आचारसंहिता उल्लङ्घनमा जरिवानासम्मको व्यवस्था
Online Pati News
Online Pati News