कांग्रेस महाधिवेशन : सुरुवाती दुई घण्टामा १ हजार २९३ मत खस्यो
समाचार सुन्नुहोस् (Listen to News)
कांग्रेस महाधिवेशन : सुरुवाती दुई घण्टामा १ हजार २९३ मत खस्यो
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा सुरुवाती दुई घण्टाको अवधिमा १ हजार २९३ मत खसेको छ। बिहान ८:३० बजे सुरु भएको मतदानमा १०:३० बजेसम्म उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरूले मतदान गरेका हुन्।
प्रदेशगत विवरणअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशबाट २५७, कोशी प्रदेशबाट २२२ तथा बागमती प्रदेशबाट २१७ मत खसेको छ। यस्तै लुम्बिनी प्रदेशबाट २०२ र गण्डकी प्रदेशबाट १८८ मत खसेको जनाइएको छ।
सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू चयनका लागि भइरहेको मतदानमा महाधिवेशन प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको छ। हाल मतदान प्रक्रिया शान्तिपूर्ण र निर्वाध रूपमा अघि बढिरहेको छ।
#onlinepatinews #NepaliCongress #CongressMahadhiveshan #NepalPolitics

