शुक्रबार, ३० आश्विन २०८३ काठमाडौं 14:11:17
सत्य • तथ्य • विश्वसनीय
BREAKING
खुलामञ्चको क्षति आफ्नै खर्चमा मर्मत गर्दै कांग्रेस : ४५ दिनभित्र पुनः हराभरा बनाइने ✦ भारत भ्रमण सकेर फर्किए गृहमन्त्री सुधन गुरुङ, विमानस्थलमा भीआईपी कक्ष प्रयोग नगरी सर्वसाधारणतर्फबाट बाहिरिए ✦ खगेन्द्र सुनारको कडा चेतावनी : ‘मेरो गल्तीमा पार्टी सती जाँदैन, अपराध प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छु’ ✦ भारत भ्रमण सकेर फर्किने क्रममा गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता ✦ खगेन्द्र सुनारसँग नाम जोडिएका, साउदीका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अस्वीकृत ✦ विद्युत् महसुलमा ५ प्रतिशत भ्याटविरुद्धको हस्ताक्षर अभियान पुनः सुरु गर्ने उज्यालो नेपाल पार्टीको घोषणा ✦ खुलामञ्चको क्षति आफ्नै खर्चमा मर्मत गर्दै कांग्रेस : ४५ दिनभित्र पुनः हराभरा बनाइने ✦ भारत भ्रमण सकेर फर्किए गृहमन्त्री सुधन गुरुङ, विमानस्थलमा भीआईपी कक्ष प्रयोग नगरी सर्वसाधारणतर्फबाट बाहिरिए ✦ खगेन्द्र सुनारको कडा चेतावनी : ‘मेरो गल्तीमा पार्टी सती जाँदैन, अपराध प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छु’ ✦ भारत भ्रमण सकेर फर्किने क्रममा गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता ✦ खगेन्द्र सुनारसँग नाम जोडिएका, साउदीका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अस्वीकृत ✦ विद्युत् महसुलमा ५ प्रतिशत भ्याटविरुद्धको हस्ताक्षर अभियान पुनः सुरु गर्ने उज्यालो नेपाल पार्टीको घोषणा ✦
३ दिन अगाडि
Post Header Advertisement
समाचार राजनीति अर्थतन्त्र

सवारी दर्ता र नामसारी गर्न अब सवारीधनी कार्यालय जानु नपर्ने

समाचार सुन्नुहोस् (Listen to News)
सवारी दर्ता र नामसारी गर्न अब सवारीधनी कार्यालय जानु नपर्ने
सवारी दर्ता र नामसारी गर्न अब सवारीधनी कार्यालय जानु नपर्ने
सवारी दर्ता र नामसारी गर्न अब सवारीधनी कार्यालय जानु नपर्ने
Post Content Top Advertisement

सवारी साधनको दर्ता तथा नामसारी प्रक्रियालाई थप सरल र सेवाग्राहीमैत्री बनाउन सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरेको छ। नयाँ व्यवस्था कार्यान्वयनमा आएसँगै अब नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात व्यवस्था कार्यालय पुग्नुपर्ने बाध्यता हटेको छ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार प्रक्रियालाई झन्झटमुक्त बनाउन निर्देशिकामा निम्न मुख्य सुधारहरू गरिएका छन्:

Post Content Middle In-Article Ad

* डिलरकै जाँचलाई अन्तिम मान्यता: आधिकारिक डिलर वा विक्रेताले गरेको प्राविधिक जाँचलाई नै अन्तिम मान्यता दिइनेछ। सवारी साधनलाई पुनः कार्यालयमै लगेर परीक्षण गराउनुपर्ने छैन।

news-6accfa3614dd2-IMG_6305.webp

* वारेसनामाबाटै काम सम्पन्न: खरिदकर्ताले आधिकारिक रूपमा तोकेको वारेसले आवश्यक कागजात (आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो तथा सक्कल परिचयपत्र) सहित उपस्थित भई दर्ता तथा नामसारी गर्न सक्नेछन्।

* बीमा र नवीकरणमा सहुलियत: सवारी साधनको बीमा गर्न वा नवीकरण गराउन सवारीधनी आफैँ उपस्थित हुनुनपर्ने व्यवस्था गरिएको छ।

* बायोमेट्रिकका लागि प्राविधिक पहुँच: नामसारीका क्रममा आवश्यक पर्ने बायोमेट्रिक विवरण संकलन गर्न यातायात कार्यालयले आधिकारिक विक्रेता, वितरक तथा कम्पनीहरूलाई नै प्राविधिक प्रणालीमा पहुँच दिनेछ।

यो संशोधन लागू भएसँगै यातायात कार्यालयहरूमा हुने अनावश्यक भीडभाड घट्ने र सेवाग्राहीले छिटोछरितो सेवा पाउने अपेक्षा गरिएको छ।

#onlinepatinews #yatayat #nepalnews #vehicleregistration

Post Content Bottom Advertisement
यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार बुढीगण्डकी बाढीपछि विद्युत् मर्मत तीव्र, आरुघाटका सबै क्षेत्रमा लाइन जोड्ने प्रयास पछिल्लो समाचार खुलामञ्चमा ठूलो क्षति भएको छैन, पूर्ववत् अवस्थामा फर्काउँछौँ : विश्वप्रकाश शर्मा
Online Pati News
Online Pati News