बिहिबार, १८ भाद्र २०८३ काठमाडौं 18:55:39
सत्य • तथ्य • विश्वसनीय
Online Pati News
Online Pati News
BREAKING
नेपाली मनोरञ्जन क्षेत्रमा डिजिटल रूपान्तरण, नयाँ पुस्ताको प्रभाव बढ्दो संघर्ष र सपनाको कथा : मीना बेगमको त्यागले उभिएका कलाकार नाजिर हुसेन क्रिकेट गतिविधि बढ्दै प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण: सञ्चारकर्मीलाई अवरोध नभएको दाबी युएईविरुद्धको टी-२० सिरिज १-१ को बराबरीमा मेटाले मोदीको फेसबुक पोस्ट प्रतिबन्धित भएको घटनामा भारत सरकारसँग माग्यो माफी नेपाली मनोरञ्जन क्षेत्रमा डिजिटल रूपान्तरण, नयाँ पुस्ताको प्रभाव बढ्दो संघर्ष र सपनाको कथा : मीना बेगमको त्यागले उभिएका कलाकार नाजिर हुसेन क्रिकेट गतिविधि बढ्दै प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण: सञ्चारकर्मीलाई अवरोध नभएको दाबी युएईविरुद्धको टी-२० सिरिज १-१ को बराबरीमा मेटाले मोदीको फेसबुक पोस्ट प्रतिबन्धित भएको घटनामा भारत सरकारसँग माग्यो माफी
२ दिन अगाडि
अर्थतन्त्र

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन, एक महिनाभित्र प्रतिवेदन दिने

समाचार सुन्नुहोस् (Listen to News)
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन, एक महिनाभित्र प्रतिवेदन दिने
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन, एक महिनाभित्र प्रतिवेदन दिने
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन, एक महिनाभित्र प्रतिवेदन दिने

काठमाडौँ । सरकारले लामो समयदेखि बन्द रहेको विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन गरेको छ। मिलको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका उपयुक्त विकल्प सिफारिस गर्न विज्ञसहितको कार्यदल गठन गरिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले मिलको वर्तमान अवस्था, यसअघि भएका निर्णय तथा विभिन्न निकायले तयार गरेका अध्ययन प्रतिवेदनको समीक्षा गर्दै पुनः सञ्चालनका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वीरेन्द्रकुमार यादवका अनुसार कार्यदलले मिलको व्यवस्थापन, सञ्चालनको सम्भावना, विद्यमान समस्या तथा पुनः सञ्चालनका लागि अपनाउन सकिने विकल्पबारे वस्तुगत अध्ययन गर्नेछ।

सहसचिवको संयोजकत्वमा कार्यदल

कार्यदलको संयोजकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान हेर्ने सहसचिव रहनेछन्। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव सदस्य रहनेछन्।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट दुई जना विज्ञ सदस्य मनोनित गरिनेछ भने मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखाका उपसचिव सदस्य–सचिव रहनेछन्।

कार्यदलले आफ्नो प्रतिवेदन एक महिनाभित्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गर्नेछ।

कार्यदलले यसअघि गठित विभिन्न कार्यदलका प्रतिवेदन, सुझाव तथा सिफारिससमेत अध्ययन गर्नेछ। साथै मिल परिसरमा रहेका भवन, कारखाना, भौतिक संरचना, मेसिनरी तथा पार्टपुर्जाको वर्तमान अवस्थाको अध्ययन गरिनेछ।

मिलको सम्पत्ति तथा दायित्वसम्बन्धी विषय टुंग्याउन आवश्यक कानुनी तथा व्यावहारिक सुझाव सरकारलाई पेस गर्ने जिम्मेवारीसमेत कार्यदललाई दिइएको छ।

#onlinepatinews #BiratnagarJuteMill #NepalGovernment #Industry #NepalNews

यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार ऐतिहासिक अभिलेखको संरक्षण र प्रवर्धन गर्नुपर्छ : अर्थमन्त्री वाग्ले पछिल्लो समाचार सञ्चारमन्त्री र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल नेपालदेखि छात्रवृत्ति विस्तारसम्म छलफल
Online Pati News
Online Pati News