बिहिबार, १८ भाद्र २०८३ काठमाडौं 18:55:40
सत्य • तथ्य • विश्वसनीय
Online Pati News
Online Pati News
BREAKING
नेपाली मनोरञ्जन क्षेत्रमा डिजिटल रूपान्तरण, नयाँ पुस्ताको प्रभाव बढ्दो संघर्ष र सपनाको कथा : मीना बेगमको त्यागले उभिएका कलाकार नाजिर हुसेन क्रिकेट गतिविधि बढ्दै प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण: सञ्चारकर्मीलाई अवरोध नभएको दाबी युएईविरुद्धको टी-२० सिरिज १-१ को बराबरीमा मेटाले मोदीको फेसबुक पोस्ट प्रतिबन्धित भएको घटनामा भारत सरकारसँग माग्यो माफी नेपाली मनोरञ्जन क्षेत्रमा डिजिटल रूपान्तरण, नयाँ पुस्ताको प्रभाव बढ्दो संघर्ष र सपनाको कथा : मीना बेगमको त्यागले उभिएका कलाकार नाजिर हुसेन क्रिकेट गतिविधि बढ्दै प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण: सञ्चारकर्मीलाई अवरोध नभएको दाबी युएईविरुद्धको टी-२० सिरिज १-१ को बराबरीमा मेटाले मोदीको फेसबुक पोस्ट प्रतिबन्धित भएको घटनामा भारत सरकारसँग माग्यो माफी
२ दिन अगाडि
अन्तर्राष्ट्रिय

सञ्चारमन्त्री र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल नेपालदेखि छात्रवृत्ति विस्तारसम्म छलफल

समाचार सुन्नुहोस् (Listen to News)
सञ्चारमन्त्री र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल नेपालदेखि छात्रवृत्ति विस्तारसम्म छलफल
सञ्चारमन्त्री र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल नेपालदेखि छात्रवृत्ति विस्तारसम्म छलफल
सञ्चारमन्त्री र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल नेपालदेखि छात्रवृत्ति विस्तारसम्म छलफल

सञ्चारमन्त्री र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल नेपालदेखि छात्रवृत्ति विस्तारसम्म छलफल

काठमाडौं, १७ असार । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ।

सञ्चार मन्त्रालयमा भएको भेटमा नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्ध, विकास साझेदारी, सञ्चार क्षेत्रको सुदृढीकरण, डिजिटल रूपान्तरण, संघीयताको प्रभावकारी कार्यान्वयन तथा सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा राजदूत अन्स्र्टले नेपाल र अष्ट्रेलियाबीचको लामो विकास साझेदारीलाई थप सुदृढ बनाउन इच्छा व्यक्त गर्दै अभिव्यक्ति स्वतन्त्रताको संरक्षणसँगै गलत सूचना (मिसइन्फर्मेसन) र दुष्प्रचार (डिसइन्फर्मेसन) नियन्त्रणमा साझा प्रयास आवश्यक रहेको बताउनुभयो। साथै, संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि अष्ट्रेलियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले अष्ट्रेलियाले नेपाललाई प्रदान गर्दै आएको विकास सहयोगप्रति धन्यवाद व्यक्त गर्दै नेपाली विद्यार्थीका लागि छात्रवृत्तिको दायरा विस्तार गर्न आग्रह गर्नुभयो। उहाँले हुलाक सेवाको आधुनिकीकरण, डिजिटल पूर्वाधार विस्तार, प्रविधिमैत्री सार्वजनिक सेवा तथा डिजिटल पत्रकारिताको विकासमा अष्ट्रेलियाको अनुभव र प्राविधिक सहयोग अपेक्षित रहेको पनि बताउनुभयो।

उहाँले नेपाल मानवअधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै जिम्मेवार, तथ्यपरक र व्यावसायिक पत्रकारिताको प्रवर्द्धन, पत्रकारको क्षमता अभिवृद्धि तथा फ्याक्ट–चेकिङ सीप विकासमा सरकार सक्रिय रहेको जानकारी दिनुभयो।

भेटमा शिक्षा, रोजगारी, पर्यटन, विकास साझेदारी र सांस्कृतिक आदानप्रदानमार्फत नेपाल–अष्ट्रेलिया जनस्तरीय सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा समेत छलफल भएको थियो।

#Nepal #Australia #Diplomacy #DigitalNepal #Media #PressFreedom #Scholarship #Federalism #Technology #News

यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन, एक महिनाभित्र प्रतिवेदन दिने पछिल्लो समाचार चितवनको लटौली होटलले बालेन बसेको कोठालाई दियो ‘Prime Minister’s Room’ नाम
Online Pati News
Online Pati News