बिहिबार, १८ भाद्र २०८३ काठमाडौं 18:55:41
सत्य • तथ्य • विश्वसनीय
Online Pati News
Online Pati News
BREAKING
नेपाली मनोरञ्जन क्षेत्रमा डिजिटल रूपान्तरण, नयाँ पुस्ताको प्रभाव बढ्दो संघर्ष र सपनाको कथा : मीना बेगमको त्यागले उभिएका कलाकार नाजिर हुसेन क्रिकेट गतिविधि बढ्दै प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण: सञ्चारकर्मीलाई अवरोध नभएको दाबी युएईविरुद्धको टी-२० सिरिज १-१ को बराबरीमा मेटाले मोदीको फेसबुक पोस्ट प्रतिबन्धित भएको घटनामा भारत सरकारसँग माग्यो माफी नेपाली मनोरञ्जन क्षेत्रमा डिजिटल रूपान्तरण, नयाँ पुस्ताको प्रभाव बढ्दो संघर्ष र सपनाको कथा : मीना बेगमको त्यागले उभिएका कलाकार नाजिर हुसेन क्रिकेट गतिविधि बढ्दै प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण: सञ्चारकर्मीलाई अवरोध नभएको दाबी युएईविरुद्धको टी-२० सिरिज १-१ को बराबरीमा मेटाले मोदीको फेसबुक पोस्ट प्रतिबन्धित भएको घटनामा भारत सरकारसँग माग्यो माफी
२ दिन अगाडि
समाज

पहिरो प्रभावित बस्तीको स्थलगत निरीक्षणमा सञ्चारमन्त्री तिमिल्सिना

समाचार सुन्नुहोस् (Listen to News)
पहिरो प्रभावित बस्तीको स्थलगत निरीक्षणमा सञ्चारमन्त्री तिमिल्सिना
पहिरो प्रभावित बस्तीको स्थलगत निरीक्षणमा सञ्चारमन्त्री तिमिल्सिना
पहिरो प्रभावित बस्तीको स्थलगत निरीक्षणमा सञ्चारमन्त्री तिमिल्सिना

पहिरो प्रभावित बस्तीको स्थलगत निरीक्षणमा सञ्चारमन्त्री तिमिल्सिना

नुवाकोट, ७ भदौ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नुवाकोटका विभिन्न स्थानमा पहिरोबाट प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्नुभएको छ।

नुवाकोट क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री तिमिल्सिनाले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पञ्चकन्या, शिवपुरी र लिखु गाउँपालिकाका विभिन्न स्थानमा भदौ ४ र ५ गते राति परेको अविरल वर्षाका कारण भएको क्षतिको अवस्थाबारे जानकारी लिनुभएको हो।

स्थलगत निरीक्षणका क्रममा उहाँले पहिरो प्रभावित स्थानीयवासीसँग भेटघाट तथा अन्तरक्रिया गर्दै उनीहरूको अवस्था, समस्या र तत्कालीन आवश्यकताबारे जानकारी लिनुभयो। प्रभावित परिवारले पहिरोको जोखिमका कारण घरमा फर्किएर बस्न सक्ने अवस्था नरहेको भन्दै सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन आग्रह गरेका थिए।

मन्त्री तिमिल्सिनाले स्थानीय सरकार तथा स्थानीय प्रशासनमार्फत भइरहेको उद्धार, राहत र व्यवस्थापनको अवस्थाबारे जानकारी लिनुभएको थियो। उहाँले तत्कालीन राहत तथा व्यवस्थापनसँगै पहिरोको जोखिममा रहेका बस्तीको दीर्घकालीन व्यवस्थापन आवश्यक रहेको बताउनुभयो।

उहाँले प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा व्यवस्थापनका कामबारे जानकारी लिइएको उल्लेख गर्दै पहिरोको जोखिमको प्राविधिक अध्ययन गरी प्रभावित बस्ती बसोबासका लागि उपयुक्त भए–नभएको यकिन गर्न पहल गरिने बताउनुभयो।

जोखिमयुक्त बस्ती बसोबासका लागि अनुपयुक्त देखिएमा सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने र त्यसका लागि संघीय सरकारका तर्फबाट आवश्यक सहजीकरण गरिने उहाँको भनाइ छ।

स्थलगत निरीक्षणका क्रममा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले वडा नं. ३, ४ र ५ का विभिन्न स्थानमा गएको पहिरो तथा त्यसबाट भएको क्षतिको अवस्थाबारे मन्त्री तिमिल्सिना, जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवालालाई जानकारी गराउनुभयो।

भदौ ४ गते राति परेको अविरल वर्षाका कारण पञ्चकन्या गाउँपालिका–४ स्थित बोकेडाँडामा ११ घरपरिवार बसोबास गर्दै आएको बस्ती जोखिममा परेको छ। पहिरोका कारण बस्ती जोखिममा परेपछि प्रभावित परिवारले घर फर्किएर बस्न सक्ने अवस्था नरहेको भन्दै बस्ती नजिकै सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन माग गरेका छन्।

मन्त्री तिमिल्सिनाले प्रभावित परिवारको माग र अवस्थाबारे स्थानीय तथा जिल्लास्थित विपद् व्यवस्थापन समितिसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइने बताउनुभयो। प्राविधिक अध्ययनका आधारमा जोखिमको अवस्था पहिचान गरी प्रभावितको सुरक्षित बसोबासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य गरिने उहाँको भनाइ थियो।

निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले प्रभावित बस्तीको भौगोलिक अवस्था, पहिरोबाट भएको क्षति तथा स्थानीयवासीका तत्कालीन आवश्यकताबारे समेत जानकारी लिनुभएको थियो।

#onlinepatinews #Nuwakot #Landslide #DisasterManagement #NepalNews

यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार बाढीपीडितका नाममा गैर-कानुनी रकम संकलन विवादमा हर्क साम्पाङ पछिल्लो समाचार प्रधानमन्त्रीको गोप्य मुस्ताङ भ्रमणबारे चासो, सुरक्षा निकायसमेत अनभिज्ञ
Online Pati News
Online Pati News